पोखिएको खुसिू
अनायास किन मनमा
उमंग छाउथ्यो
"/>
पोखिएको खुसिू
अनायास किन मनमा
उमंग छाउथ्यो
"/>
तारादेवी सुनुवार
पोखिएको खुसि
अनायास किन मनमा
उमंग छाउथ्यो
हाम्रो सामिप्यताले
हो या, समयको बेगले हो
निस्वार्थी खुसिहरू
अंगालोभरि बोकेर
कहिले हासो
कहिले गुनासो हुन्थ्यो ।
हाम्रो आँगनमा
सामियप्यताको घेरा लगाई
मनमा आत्मियताको
लहरा झांगिएको थियो
जीवनका उर्जाहरू
मालाएर
दुबो झै फैलिएका
चाहाना थियो ।
मानषपटलमा
हामीले पुज्ने देवताको
निर्माणधिा मन्दिरको
पुजारी भई
जिन्दगीको पूजा गर्ने
क्रम चलिरहदा
थाहा नदि उर्लिएको छालले
जीवन चक्रलाई
उथल पुथल पारिदियो ।
सपना झै झंस्किन्छु
माैरीको आवज झै
रातभरीका गुा गुन
सिमलका भुवा झै उडेर
चुमेका तिमिले अधर भरी
उर्लिएका बैँस आधिसरी
चले झै हावा हुरि
बेहोसमा घरी घरी ।
जीवन अन्नत सम्म
संगै अवतरण गर्ने
बाचा बन्धन भएन
तर
नतमस्तक हामी
दुबै धडकनहरू समर्पित
प्रेमको बगैँचा भित्र
कहिले घुर्की लगाउदै
कहिले हासोको
पासो लगाउदै
चुम्बक बनेर एक अर्कालाई तान्दै
खेलि रहेका पुतलि हामी ।
डाडापाखा हाक फाल्दै
उमंगका पाईलाहरू
लम्किएर
छितिजलाई चुनौति दिएर
दुई हात्माको मिलनमा
एकै पटक अमृत पिएर
वितेका थिए हरेक पलहरू
खुशीसाथ जिएर ।
जिन्दगीका अन्नत यात्रा
बेग्ला बेग्लै
कतै खुशि कतै दुःखी
पहिलो प्रहरमा
सूर्यको लालिमा चढे झै
अधर चुमि छाडेको
आलो छाप नमेटिने भए
सबै को सामु
तिम्रै वरिपरि
बगर बनी डुलिरहन्थे,डुलिरहन्थे ।