बैशाख १२, काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागभित्र प्रयोग गरिने पानी गुणस्तर नहुँदा काम गर्न समस्या परेको छ । 

सर्वसाधारणले प्रयोग गर्दैआएको साम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १२, काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागभित्र प्रयोग गरिने पानी गुणस्तर नहुँदा काम गर्न समस्या परेको छ । 

सर्वसाधारणले प्रयोग गर्दैआएको साम"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुणस्तर विभागभित्रकै पानी गुणस्तरीय नभएपछि…

१२ बैशाख २०७४, मंगलवार ०७:१५

बैशाख १२, काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागभित्र प्रयोग गरिने पानी गुणस्तर नहुँदा काम गर्न समस्या परेको छ । 

सर्वसाधारणले प्रयोग गर्दैआएको सामानको गुणस्तर नाप्नका लागि प्रयोग गरिने प्रयोगशालामा प्रयोग गर्ने पानी शुद्ध छैन । विभागका निर्देशक दीपक ज्ञवालीले प्रयोगशालाभित्र प्रयोग गरिने पानीमा एमोनिया, आइरनलगायत पदार्थ मिसिँदा काम गर्न समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो, “पानीमा विभिन्न किसिमका पदार्थ मिसिँदा काम गर्न ढिला हुनुका साथै मेसिनको काम गर्ने क्षमता घटेको छ ।” 

विभागमा हाल रसायन, खाद्य, सूक्ष्म जीव परीक्षण, कपडा र भौतिक गरी पाँच प्रयोगशाला सञ्चालनमा छन् । तीमध्ये रसायन र खाद्य प्रयोगशालामा प्रयोग गरिने पानी अति शुद्ध हुनुपर्छ । पानी शुद्ध नहुँदा छ छ महिनामा कार्टिज बिग्रने र कार्टिज फेर्नसमेत रु दुई लाखभन्दा बढी लाग्ने गरेको ज्ञवाली बताउनुहुन्छ । 

विभागमा रहेका पाँच प्रयोगशालामध्ये रसायन प्रयोगशालाले वार्षिक एक हजार, खाद्य प्रयोगशालाले वार्षिक पाँच सय, खाद्य, सूक्ष्म जीव परीक्षण प्रयोगशालाले वार्षिक एक सय, टेक्टाइल प्रयोगशालाले वार्षिक दुई हजार, भौतिक प्रयोगशालाले वार्षिक एक हजार सामानको नमुना परीक्षण गर्दे आएको छ । 

विभागका महानिर्देशक विश्वबाबु पुडासैनी नेपालको नापतौल मान्यता अन्तर्राष्ट्रियस्तरको भए पनि यसको सही प्रयोग गर्न नसक्दा समस्या परेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “उपभोक्ताले गुणस्तरीय वस्तु सेवा प्राप्त गरून् भन्नेमा हामी सजग छौँ ।” 

पुडासैनीले विभागको प्रयोगशालामा जाँच भएका सामान विदेशमा गएर जाँच गर्न नपर्ने समेत बताउनुभयो । उहाँका अनुसार बोरिङको पानीमा गुणस्तरीय नहुँदा यन्त्र बिग्रने र पाइप लाइनमा जाम हुने गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै