2026-10-10 06:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पूर्ण बहादुरको सारङ्गी’को ग्रसकलेक्सन ८५ करोड

काठमाडौँ | चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले हालसम्म नेपालबाट ४९ करोड ६८ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । ५४ दिनमा ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली बक्सअफिसबाट ४९ करोड ६८ लाख ग्रसकलेक्सन गरेको हो ।

७५ दिनसम्म हलमा रहिरहे करिब ५० करोड ग्रसकलेक्सन गर्ने निर्माता विनोद पौडेलको विश्वास छ । कात्तिक १५ गते लक्ष्मिपूजाका दिनमा रिलिज भएको यो चलचित्र अहिले पनि प्रदर्शन भइरहेको छ ।

यो चलचित्रले विदेशमा ३५ करोडभन्दा माथि ग्रसकलेक्सन गरिसकेको उनको भनाइ छ । “बाहिरको यकिन डाटा आइसकेको छैन । तर, हालसम्म ३५ करोडभन्दा माथि नै कलेक्सन गरिसकेको छ,” निर्माता पौडेलले भने ।

‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा ४९ करोड ६८ लाख र नेपाल बाहिर ३५ करोडभन्दा माथि ग्रसकलेक्सन गर्दा हालसम्म जम्मा ८५ करोडभन्दा माथि कलेक्सन गरिसकेको छ ।

भारत, कोरियालगायत देशमा यो चलचित्र प्रदर्शन गर्न अझै बाँकी छ । ‘पूर्ण बहादुरको सारङ्गी’ एक करोड ३० लाख लागतमा निर्माण भएको चलचित्र हो ।

सरोज पौडेलको निर्देशन रहेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् ।

महेश दवाडीको पटकथा तथा संवाद रहेको चलचित्रमा विनोद पौडेल, प्याट्रिक सुवेदी निर्माता हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने