2026-11-02 01:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

दिल्लीमा उपचारपछि घर फर्किए धनगढीका मेयर हमाल, स्वास्थ्यमा सुधार

कैलाली | कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल भारतको दिल्लीमा उपचारपछि घर फर्किएका छन् ।

दिल्लीस्थित म्याक्स सुपरस्पेसियालिटी हस्पिटलमा १६ दिन उपचार भएपछि हमाल धनगढीस्थित घरमा फर्किएका हुन् । ‘अहिले म घरमै आराम गरिरहेको छु,’ मेयर हमालले भने, ‘फिजिसियन डा. विकास रिजाल र अहेब दिनेश ठकुल्लाले बिहान र बेलुका आएर स्वास्थ्य जाँच गरिरहनुभएको छ ।’

मेयर हमालका अनुसार अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । ‘बिहान भेट्न आउने साथीहरूको सहारा लिएर हिँड्छु,’ उनले भने, ‘दिउँसो औषध खाएर आराम गर्छु । ३ बजेपछि फिजियो थेरापी गर्ने गरेको छु ।’

मेयर हमाललाई स्वास्थ्य समस्या देखिएपछि २१ मंसिरमा धनगढीको माया मेट्रो अस्पतालमा भर्ना गरिएको थियो । मस्तिष्कघात भएको चिकित्सकले बताएपछि हमाललाई थप उपचारका लागि २२ मंसिरमा दिल्ली लगिएको थियो । त्यहाँ हमालको आईसीयूमा राखेर उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द