बैशाख २३, रुकुम | शनिबार जिल्लाका विभिन्न तीन ठाउँमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप भएको छ । 

चुनावी प्रचारप्रसारका क्रममा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २३, रुकुम | शनिबार जिल्लाका विभिन्न तीन ठाउँमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप भएको छ । 

चुनावी प्रचारप्रसारका क्रममा"/>

२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेस र माओवादीबीच झडप हुँदा १४ जना घाइते

२०७४, २३ बैशाख शनिबार १६:२५

बैशाख २३, रुकुम | शनिबार जिल्लाका विभिन्न तीन ठाउँमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप भएको छ । 

चुनावी प्रचारप्रसारका क्रममा जिल्लाको मुसिकोट नगरपालिकाको एक ठाउँमा र चौरजहारी नगरपालिकाको दुई ठाउँमा दुई दलका कार्यकर्ताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय, रुकुमले जानकारी दिएको छ । 

मुसिकोट नगरपालिका–२ र चौरजहारी नगरपालिका– १२ र १४ मा छुट्टाछुट्टै झडप भएको प्रहरीको भनाइ छ । दुवै स्थानमा भएको झडपमा परी माओवादी केन्द्रका नौजना र नेपाली काँग्रेसका तीनजना कार्यकर्ताका साथै दुईजना सरकारी कर्मचारी घाइते भएको जिप्रका, रुकुमका प्रहरी नायब निरीक्षक सुरेन्द्रकुमार स्वाँरले जानकारी दिनुभयो । 

मुसिकोट नगरपालिकाको झडपमा परी माओवादी केन्द्रका वडा सदस्यका उम्मेदवार रमेश खड्कासहित जीवन खड्का, डम्बर विक, अनिल पुन मगर, दलबहादुर खड्का र सुभास खड्का घाइते भएका छन् । 

चौरजहारीमा भएको झडपमा माओवादीका लीलाधर ओली, मोहन कँुवर र वीरेन्द्र राणा घाइते भएको प्रहरीले बताएको छ । 

घाइतेहरुको टाउको, खुट्टालगायतका ठाउँमा चोट लागेको छ । घाइतेको उपचार जिल्ला अस्पताल, सल्लेमा भइरहेको छ । यस्तै, दुई पार्टीको झडपमा आफ्नो कामको सिलसिलामा हिँड्दै गर्दा चौरजहारी नगरपालिका–१२ का भीमबहादुर ओली र मुसिकोट नगरपालिकामा भएको झडपमा भोगबहादुर खड्का गम्भीर घाइते भएको प्रहरीको भनाइ छ । 

उनीहरु दुवैको टाउकोमा गहिरो चोट लागेको प्रहरीको भनाइ छ । ओलीलाई जिल्लामा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको छ भने खड्काको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । 

ओली आधारभूत विद्यालय, जुम्लिपोखरीका प्रधानाध्यापक हुनुहुन्छ भने खड्का जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक हुनुहुन्छ । 

घटनाका बारेमा थप अनुसन्धान गर्ने भन्दै प्रहरीले मुसिकोट नगरपालिकाबाट चार र चौरजहारीबाट चार गरी आठजनालाई नियन्त्रणमा लिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेकाले नियन्त्रणमा लिएकाहरुको नाम सार्वजनिक गरिएको छैन । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु