बैशाख २५, काठमाडौँ । नेपाली काँग्रेसले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचका क्षेत्राधिकारमा देखिएका समस्यालाई संविधानसम्मत् समाधान खोजिने जनाएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २५, काठमाडौँ । नेपाली काँग्रेसले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचका क्षेत्राधिकारमा देखिएका समस्यालाई संविधानसम्मत् समाधान खोजिने जनाएको छ । 
२०८२, ५ फाल्गुन मंगलवार
काठमाडौँ - KTM

‘नेपाली कांग्रेस निष्पक्ष चुनाव चाहन्छ’

२०७४, २५ बैशाख सोमबार ११:२४

बैशाख २५, काठमाडौँ । नेपाली काँग्रेसले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचका क्षेत्राधिकारमा देखिएका समस्यालाई संविधानसम्मत् समाधान खोजिने जनाएको छ । 

“नेकाले आफ्नो सम्पूर्ण ध्यान आसन्न स्थानीय तहको निर्वाचनमा लगाएको छ, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका आ–आफ्ना सीमारेखा र मर्यादाभित्र बस्नुपर्छ, पछिल्लो समय यी निकायबीचका क्षेत्राधिकारमा देखिएका भनिएका विषयमा आफ्नो आधिकारिक धारणा निर्वाचनपछि सार्वजनिक गर्नेछ” केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिका संयोजक रमेश लेखकले भन्नुभयो । 

स्थानीय तहका निर्वाचनका पछिल्ला गतिविधिबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा संयोजक लेखकले नेकाले आफ्नो बल र ऊर्जा निर्वाचनमा लगाएको छ, निर्वाचनपछि मात्र ती तीन निकायका क्षेत्राधिकारमाथि देखिएका विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने बताउनुभयो । 

“नेका आफ्नो स्थापनादेखि नै स्वतन्त्र, निष्पक्ष, मर्यादित न्यायपालिकाको पक्षमा रहेको छ, न्यायपालिकालाई उच्च सम्मान गर्छ, अदालतका आदेश एवम् काम स्वतन्त्र, निष्पक्ष र मर्यादित हुन्छ भन्ने विश्वासमा पार्टी रहेको छ”– उहाँले भन्नुभयो । 

संयोजक लेखकले संविधानलाई सर्वस्वीकार्य बनाउन संविधान संशोधन गर्न लागिएको र संविधान कार्यान्वयन गर्न स्थानीय तहको निर्वाचन हुन लागेको चर्चा गर्दै यी दुवै कार्य सरकारले एकसाथ अगाडि बढाएको उल्लेख गर्नुभयो । 

तराई-मधेस एवम् अन्य समुदायले उठान गरेका माग संविधान संशोधनमार्फत सम्बोधन हुने चर्चा गर्दै उहाँले छिट्टै संविधान संशोधनको प्रस्ताव पारित हुने विश्वाससमेत व्यक्त गर्नुभयो । 

नेका निष्पक्ष चुनाव चाहन्छ 

संयोजक लेखकले चितवन, धादिङलगायत केही जिल्लामा नेका चुनाव प्रसारप्रसारमा परिचालन भएका यातायात साधनमाथि तोडफोड एवम् आगजनी गरी पु¥याएको क्षतिको भत्र्सना गर्दै यस्तो कार्यले पार्टी विचलित नहुने पत्रकार सम्मेलनमा बताउनुभयो । 

“हामी निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा दुवै चरणका निर्वाचन सम्पन्न होस् भन्ने चाहन्छाँै, यसका लागि हामी अनुशासित, मर्यादित रुपमा लागिरहेका छौँ” – उहाँले भन्नुभयो । 

सञ्चारकर्मीको एक जिज्ञासामा संयोजक लेखकले स्थानीय आवश्यकताअनुसार नै केही जिल्लामा अन्य पार्टीसित चुनावी तालमेल भएको हो, तालमेल गरेका स्थान र जिल्लामा अब कुनै समस्या र द्विविधा नरहेको स्पष्टसमेत पार्नुभयो । 

उहाँले आम मतदातालाई निर्धक्क रुपमा आफूले मन पराएका पार्टीका उम्मेदवारलाई अगामी वैशाख ३१ गते मत खसाल्न आग्रह गर्दै ती मतले नै लोकतन्त्रको जराका रुपमा स्थानीय सरकार उभिन्छ भन्नुभयो । 

संयोजक लेखकले आफ्नो पार्टीले मतदान गर्ने तरिकाका बारेमा आम मतदातामा मतदाता शिक्षा सञ्चालनसमेत गरिराखेको जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल