2026-06-28 09:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुन्दर महानगर बनाउने माओवादी केन्द्रको प्रतिबद्धता

2017-05-08

बैशाख २५, काठमाडौँ । ललितपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र)का तर्फबाट नगरप्रमुख र उपप्रमुखका उम्मेदवारले प्रचारप्रसारको क्रमलाई तीव्र पारेसँगै आफ्नो प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरेका छन् । 

माओवादीका तर्फबाट नगरप्रमुखका उम्मेदवार दिनेश महर्जनले स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा प्रमुख जोड दिने बताउनुभयो । उहाँले ललितपुरका विभिन्न स्थानमा १५ श्ययाको अस्पताल बनाउने र निःशुल्क उपचारको प्रबन्ध गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विपन्न परिवारका बालबालिकालाई निःशुल्क उच्च शिक्षाको व्यवस्था गर्ने, खानेपानीको समस्या समाधान गर्ने, व्यवस्थित सहरीकरण, सफा र सुन्दर शहर बनाउनेलगायत आफनो योजना रहेको बताउनुभयो । 

“ललितपुर महानगरलाई पाँच वर्षभित्रमा ठूलो परिवर्तन गर्छौं”, उहाँले भन्नुभयो, “जसको नीति उसकै नेतृत्व भन्ने एजेन्डाका साथ जनतामाझ गएका छौँ,” महर्जनले भन्नुभयो । ललितपुर महानगरभित्र जातीय छुवाछूत, सामाजिक विभेदको अन्त्य गर्ने योजना रहेको भन्दै उहाँले ऐतिहासिक ललितपुर, पाटन तथा अन्य क्षेत्रको एकीकृत विकास गर्ने योजना रहेको बताउनुभयो । 

भौतिक पूर्वाधार निर्माणमा जोड दिएको माओवादी केन्द्रले पहिलो पटक उपमहानगरबाट महानगरमा प्रवेश गरेको ललितपुरलाई व्यवस्थित बनाउनु नै पहिलो सर्त रहेको महर्जनको भनाइ छ । महानगरभित्र उचित ढल निकासको प्रबन्ध गर्ने, जमिनमुनिको पानीको उचित प्रयोग गर्दै रिचार्ज गर्ने प्रणालीको विकास गर्ने, फोहोरबाट बिजुली ग्यास निकाल्ने र कम्पोस्ट मल कारखाना स्थापना गरी कृषि क्षेत्रको विकासमा जोड दिने महर्जनका योजना छन् । 

यस्तै ढलको पानी प्रशोधन गरेर मात्रै नदीमा खसाल्ने प्रणालीको विकास गरिने प्रतिबद्धतामा उल्लेख गरिएको छ । ललितपुर महानगरपालिकालाई पूर्णरुपमा स्मार्ट सिटी बनाउने आफ्नो पार्टीको योजना रहेको महर्जनले बताउनुभयो । ललितपुर धुलोमैलोमुक्त, फोहोरमैलामुक्त बनाउने योजना अगाडि सारिएको छ । महानगरमा निःशुल्क वाइफाईको व्यवस्था तथा ज्येष्ठ र गरिबीको रेखामुनि रहेका नागरिकलाई जीविकोपार्जन गर्नसक्ने गरी आजीवन भत्ताको व्यवस्था गरिने महर्जनले जानकारी दिनुभयो । 

स्वास्थ्य सेवा आम नागरिकलाई सहज एवम् सर्वसुलभ बनाउने, महिला तथा युवालाई स्वरोजगारका लागि अभिप्रेरित गर्ने, निःशुल्क तालिम तथा अन्य सीपमूलक प्रविधि हस्तान्तरण गर्ने योजना रहेको उहाँले बताउनुभयो । 

यस्तै उपप्रमुखका उम्मेदवार हसिना शाक्यले अन्य राजनीतिक दलको भन्दा आफ्नो पार्टीको व्यावहारिक र वस्तुनिष्ठ योजना अगाडि सारिएको बताउनुभयो । “हामीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना अगाडि सारेका छौँ । सरकारले अगाडि सारेको उज्यालो नेपालको अभियानलाई थप व्यावहारिक रुपमा अगाडि बढाउनेतर्फ नै हामी केन्द्रित छौँ,” उहाँले भन्नुभयो । 

अत्यधुनिक सिटी हल निर्माण गर्ने, सबै वडाका मुख्य स्थानलाई वाइफाई जोन बनाउने, युवाका लागि स्वरोजगार कार्यक्रम ल्याउने, सुरक्षाका लागि चोकचोकमा सिसी क्यामरा जडान गर्ने, खोलानाला सफाइ तथा पार्क निर्माण गर्ने, बालबालिका र वृद्धवृद्धाका लागि मनोरञ्जनस्थल निर्माण गर्नेजस्ता योजना माओवादी केन्द्रका उम्मेदवारले अगाडि सारेका छन् । 

ललितपुर महानगरका लागि कुल १६७ जनप्रतिनिधि चयन हुनेछन् । त्यसका लागि २६० मतदान केन्द्र तोकिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी