2026-06-28 09:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आचारसंहितामा कडाइपछि प्रचारशैली कम भडकिलो

2017-05-08

बैशाख २५, काठमाडौँ । निर्वाचन आचारसंहितामा गरिएको कडाइका कारण विगतका निर्वाचनमा भन्दा यस पटक प्रचार प्रसारमा तडकभडक कम देखिएको छ । 

करिब दुई दशकपछि आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले आचारसंहितामार्फत निर्वाचन सम्बन्धी प्रचार–प्रसारको लागि पोस्टर टाँस्न र आमसभा गर्न कडाइ गरेपछि तडकभडक कम देखिएको हो । 

निर्वाचन आचारसंहितामा धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिकस्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचनालगायत कुनै पनि सार्वजनिक स्थानमा पर्चा टाँस्न, टाँस्न लगाउन, लेख्न वा लेख्न लगाउन नहुने भनेपछि चुनाव सम्बन्धी प्रचार–प्रसार सामाजिक सञ्चालदेखि घरदैलो अभियानमा सीमित भएको छ । 

यस पटकको निर्वाचनमा निर्वाचन आचारसंहितालाई अत्यन्त कडाइ गरिएको हुँदा समग्रमा उम्मेदवार र पार्टीले पनि कार्यान्वयन गरेको पाइएको आयोगका सहसचिव एवम् प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । 

नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द) लगायत मुख्य राजनीतिक दल र तिनका उम्मेदवारले ठूल–ठूला कोण सभा वा भित्ते लेखन गर्नेभन्दा पनि फेसबुक, ट्विटर, भाइवर, युटुव, एसएमएसलगायतका नयाँ प्रविधिलाई निर्वाचन प्रचार प्रसारको माध्यमका रूपमा प्रयोग गर्दैआएका छन् । राजनीतिक पार्टीले आ–आफ्नो फेसबुक पेज बनाएर प्रचार प्रसार थालेका छन् । 

निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारले घरदैलो कार्यक्रमलाई तीव्र पारेका छन् । काठमाडौँ महानगरपालिका नगरप्रमुखका उम्मेदवार सर्वाेत्तम डङ्गोल, विद्या सुन्दर शाक्य, राजुराज जोशी, किशोर थापा र रञ्जु दर्शनालगायतले आफूहरूले आचारसंहिताभित्रै रहेर चुनावी प्रचार गरिरहेको दाबी गर्नुभयो । 

आयोगले आचारसंहिताविपरीत ललितपुरमा मोटरसाइकल ¥याली निकालेको भन्दै सङ्घीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी नेपाललगायत विभिन्न राजनीतिक दललाई स्पष्टीकरण पेस गर्न आदेश समेत दिएको छ । 

यस पटकको निर्वाचनमा राजनीतिक पार्टी र उम्मेदवारले गीत मार्फत समेत भोट माग्दै प्रचार प्रसार गरिरहेका छन् । अधिकांश पार्टीले निर्वाचन सम्बन्धी गीत युटुवमा राखेका छन् । यस पटकको निर्वाचनमा नेकपा (एमाले) को चुनावी प्रचार सम्बन्धी चर्चित लोकगायक बद्री पङ्गेनीद्वारा स्वरबद्ध ‘सही पनि एमाले, मै पनि एमाले’ गीत चर्चामा छ । 

त्यसैगरी नेपाली काँग्रेसको निर्वाचन प्रचारबारे सार्वजनिक भएको ‘भोट हालौँ रूखमा’ गीत निकै चर्चित बनेको छ । सो गीतमा सुनिल थापा र राधिका हमालले स्वर रहेको छ । 

यस्तै नेकपा (माआवादी केन्द्र)को ‘म पनि माओवादी’ नामक गीत चर्चामा छ । सो गीतमा गायक÷गायिक नवीन खड्का र टीका पुनले स्वर दिनुभएको छ । 

यही वैशाख ३१ गते प्रदेश नं– ३, ४ र ६ मा हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि जम्मा ४९ हजार ७१ जना उम्मेदवार निर्वाचन लडने तयारीमा छन् । तीनवटा प्रदेशअन्तर्गत ३४ जिल्लाका २८३ स्थानीय तहमा हुने निर्वाचनका लागि वैशाख १९ गते उम्मेदवारी मनोनयन दर्ता भएको थियो । नगर प्रमुख÷गाउँपालिका अध्यक्ष पदमा एक हजार ९२५ जना र नगर उपप्रमुख÷गाउँपालिका उपाध्यक्ष पदमा एक हजार ४२९ जनाको उम्मेदवारी परेको छ । 

त्यस्तै वडाध्यक्षमा १० हजार ८४१, वडा सदस्य (खुला) मा १८ हजार ३७१, महिला सदस्यमा नौ हजार ३३ र दलित महिला सदस्यमा सात हजार ४७२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी