वैशाख ३१, काठमाडौं । संसारभर करिब एक सय मुलुकमा शृङ्खलाबद्ध साइबर हमला भइरहँदा नेपाल पनि अछूतो रहेन ।  शनिबार विश्वभर साइबर हमला भइरहँदा नेपालको विदेशस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

वैशाख ३१, काठमाडौं । संसारभर करिब एक सय मुलुकमा शृङ्खलाबद्ध साइबर हमला भइरहँदा नेपाल पनि अछूतो रहेन ।  शनिबार विश्वभर साइबर हमला भइरहँदा नेपालको विदेशस"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वका ९९ देशमा खतरनाक साइबर हमला

३१ बैशाख २०७४, आईतवार ०१:१३


वैशाख ३१, काठमाडौं । संसारभर करिब एक सय मुलुकमा शृङ्खलाबद्ध साइबर हमला भइरहँदा नेपाल पनि अछूतो रहेन ।  शनिबार विश्वभर साइबर हमला भइरहँदा नेपालको विदेशस्थित केही कूटनीतिक नियोगमा साइबर आक्रमण भएको आशङका गरिएको छ ।  

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले दिएको जानकारीअनुसार औपचारिक रूपमा साइबर हमलाको पुष्टि भइनसकेको भए पनि नेपालको विदेशस्थित केही कूटनीतिक नियोगमा साइबर हमला भएको भन्ने आशङ्का रहेको छ। 

“औपचारिक रूपमा अहिलेसम्म विदेशस्थित केही कूटनीतिक नियोगमा समस्या आएकाले साइबर हमला भएको हो कि भन्ने आशङ्का बढेको छ, ती कूटनीतिक नियोगहरूमा प्रयोग भएको लेखासम्बन्धी सफ्टवेयरमा समस्या देखिएको हो”, प्रवक्ता पौडेलले भने।

महालेखा नियन्त्रकको कार्यालयले सरकारी कार्यालय तथा विदेशस्थित नियोगहरूमा लेखा पद्धतिलाई एकरूरुपता बनाउने उद्देश्यले बनाएको लेखासम्बन्धी सफ्टवेयरमा समस्या आएको हो।  विश्वभर साइबर हमला भएकै दिन विदेशस्थित नियोगहरूमा प्रयोग भएको उक्त सफ्टवेयरमा समेत समस्या आएकाले साइबर हमला भएको अनुमान गरिएको छ।  हालसम्म सो विषयमा सम्बन्धित निकायले औपचारिक रूपमा साइबर हमला भएको नबताए पनि हमला भएको आशङ्का भने गरेको छ। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार अमेरिकी राष्ट्रिय सुरक्षा निकायले आतङ्ककारीविरुद्ध ह्याकिङ गर्न भनेर विकास गरेको कम्प्युटर प्रोग्रामकै प्रयोग गरेर पछिल्लो साइबर हमला भएको हो।  “दर्जनौँ मुलुकका कयौँ कम्पनी तथा सङ्घसंस्थाका कम्प्युटरहरूले भाइरसका कारण काम गर्न छाडेका छन्।  ह्याकरहरूले कम्प्युटरलाई पुनः काम गर्ने बनाउन तीन सय डलर मागेका छन्”, समाचारमा बीबीसीले उल्लेख गरेको छ। 

यसरी साइबर आक्रमणमा पर्ने शीर्ष मुलुकहरूमा संयुक्त अधिराज्य, अमेरिका, चीन, रुस, स्पेन, इटली, ताइवान लगायतका ९९ वटा देश छन्।  ‘रयानसमवेयर’ नामक भाइरसद्वारा विभिन्न देशका कम्प्युटर ह्याक गरिएको हो।

यसरी साइबर आक्रमणमा परेका लाखौँ कम्प्युटरले काम गर्नै छाडेका छन्।  कम्प्युटर ह्याकरले साइबर आक्रमणमा परेका कम्प्युटरलाई पुनः काम गर्ने बनाउन तीन सय अमेरिकी डलर माग गरेको खबर छ। 

साइबर सुरक्षाका अन्तर्राष्ट्रिय विज्ञका अनुसार माइक्रोसफ्ट सिस्टममा रहेको कमजोरीको फाइदा उठाएर ह्याकरले यस्तो आक्रमण गरेका हुन्।  माइक्रोसफ्ट सिस्टममा रहेको  कमजोरी अमेरिकी राष्ट्रिय सुरक्षा निकायले यसअघि नै पत्ता लगाएर आतङ्ककारीविरुद्ध ह्याकिङ गर्नका लागि प्रयोग गर्दै आएको बताइएको छ । 

बीबीसीका अनुसार ‘रयानसमवेयर’ पीडितको उपकरणमा थाहा नपाई ‘इन्स्टल’ हुन्छ र विवरणहरू सङ्कलन गर्छ अनि निश्चित रकम नदिइन्जेलसम्म विवरणहरू चुहाइदिने धम्कीसहितको सूचना उपकरणमा आउँछ।  ब्रिटेनस्थित अस्पतालहरू नराम्ररी प्रभावित भएका छन् । 

स्पेनी टेलिकम कम्पनी टेलिफोनिका र अमेरिकास्थित ढुवानी कम्पनी फेडेक्स पनि प्रभावित छन् ।  साथै रुसमा पनि त्यहाँको आन्तरिक मामिला मन्त्रालयले कम्प्युटर भाइरसको पछिल्लो समस्यासँग जुध्न कदमहरू चाल्न लागेको जनाएको छ । -गोरखापत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता