2026-10-02 03:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम

काठमाडौँ | कानूनमन्त्री सोविता गौतमले संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताएकी छन्। आज बसेको कानून, न्याय तथा संसदीय समितिको बैठकमा बोल्दै संक्रमणकालीन न्याय प्रक्रिया निष्कर्षमा पुर्‍याउन आवश्यक वित्तीय व्यवस्थापन रणनीति तथा कार्ययोजना तयार गरिने बताइन्। उनले संक्रमणकालीन न्यायको विगत, वर्तमान अवस्था तथा आगामी कार्यदिशालाई स्पष्ट रूपमा परिभाषित गर्ने उद्देश्यले विस्तृत पोजिसन पेपर तयार गर्ने बताइन्।

उनले भनिन्, ‘राजनीतिक तहमा आवश्यक संवाद, समन्वय तथा परामर्शको प्रक्रिया निरन्तर भइराखेको छ। कति क्यामेरामा आउँछन् कति क्यामेरामा आउँदैनन् तर विभिन्न दलहरू, सबै सरोकारवालाहरूसँग नियमित रूपमा संवादहरू भइराखेको छ। यति पुरानो भइसक्यो अब यसलाई टुङ्ग्याउनुपर्छ भनेर हामीले भनिराखेका छौँ। अहिलेसम्म जति पीडितहरू हुनुहुन्छ, उहाँहरूलाई राज्यसँग कसरी जोड्ने भन्ने कुरा छन्। २०६२/६३ को जनआन्दोलनपछि शान्ति सम्झौता भयो, त्यो सम्झौता पछि अहिलेसम्म के-के काम भयो त? कति कामहरू भयो? एकीकृत रेकर्ड छैन।’

उनले सरकारले यो कामलाई प्राथमिकतामा राखेर द्रुत गतिमा संक्रमणकालीन न्याय सम्बन्धी पुराना अभिलेख सङ्कलन गरेर दस्तावेजपनि सङ्कलन गरेर व्यवस्थित अभिलेखीकरण गर्ने कार्य गरिरहेको बताइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने