2026-10-19 09:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम

काठमाडौँ | कानूनमन्त्री सोविता गौतमले संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताएकी छन्। आज बसेको कानून, न्याय तथा संसदीय समितिको बैठकमा बोल्दै संक्रमणकालीन न्याय प्रक्रिया निष्कर्षमा पुर्‍याउन आवश्यक वित्तीय व्यवस्थापन रणनीति तथा कार्ययोजना तयार गरिने बताइन्। उनले संक्रमणकालीन न्यायको विगत, वर्तमान अवस्था तथा आगामी कार्यदिशालाई स्पष्ट रूपमा परिभाषित गर्ने उद्देश्यले विस्तृत पोजिसन पेपर तयार गर्ने बताइन्।

उनले भनिन्, ‘राजनीतिक तहमा आवश्यक संवाद, समन्वय तथा परामर्शको प्रक्रिया निरन्तर भइराखेको छ। कति क्यामेरामा आउँछन् कति क्यामेरामा आउँदैनन् तर विभिन्न दलहरू, सबै सरोकारवालाहरूसँग नियमित रूपमा संवादहरू भइराखेको छ। यति पुरानो भइसक्यो अब यसलाई टुङ्ग्याउनुपर्छ भनेर हामीले भनिराखेका छौँ। अहिलेसम्म जति पीडितहरू हुनुहुन्छ, उहाँहरूलाई राज्यसँग कसरी जोड्ने भन्ने कुरा छन्। २०६२/६३ को जनआन्दोलनपछि शान्ति सम्झौता भयो, त्यो सम्झौता पछि अहिलेसम्म के-के काम भयो त? कति कामहरू भयो? एकीकृत रेकर्ड छैन।’

उनले सरकारले यो कामलाई प्राथमिकतामा राखेर द्रुत गतिमा संक्रमणकालीन न्याय सम्बन्धी पुराना अभिलेख सङ्कलन गरेर दस्तावेजपनि सङ्कलन गरेर व्यवस्थित अभिलेखीकरण गर्ने कार्य गरिरहेको बताइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ