2026-10-02 03:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौँ | सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ । सोमबार न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले गत चैत २४ गते काठमाडौँ जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीकै आधारमा उनीहरूलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा दम्पतीमाथि अनुसन्धान गरिरहेको थियो । सोही क्रममा काठमाडौँ जिल्ला अदालतले चैत २४ गते उनीहरूलाई पक्राउ गर्न अनुमति दिएको थियो । उक्त पक्राउ अनुमतिविरुद्ध देउवाले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले पक्राउ अनुमति माग्दा र दिँदा पालना गर्नुपर्ने ‘कानूनी उचित प्रक्रिया’ पूरा नभएको औंल्याएको छ । पक्राउ गर्नुपर्ने स्पष्ट आधार र कारणहरू नखुलाई हचुवाका भरमा अनुमति मागिएको र दिइएको अदालतको ठहर छ ।

सम्पत्ति शुद्धीकरण निवारण ऐनमा भएको नयाँ संशोधन (अध्यादेश) अनुसार, यस्ता मुद्दाहरूको हेर्ने क्षेत्राधिकार अब विशेष अदालतलाई दिइएको छ । तर, जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएकाले त्यो कानूनी रूपमा नमिलेको आदेशमा उल्लेख छ । क्षेत्राधिकार परिवर्तन भइसकेको अवस्थामा काठमाडौँ जिल्ला अदालतले दिएको पक्राउ अनुमति स्वतः निष्कृय हुने सर्वोच्चले स्पष्ट पारेको छ । यस आदेशसँगै सम्पत्ति शुद्धीकरणको मुद्दामा देउवा दम्पतीलाई तत्काल पक्राउ पर्ने जोखिम टरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने