2026-10-20 01:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौँ | सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ । सोमबार न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले गत चैत २४ गते काठमाडौँ जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीकै आधारमा उनीहरूलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा दम्पतीमाथि अनुसन्धान गरिरहेको थियो । सोही क्रममा काठमाडौँ जिल्ला अदालतले चैत २४ गते उनीहरूलाई पक्राउ गर्न अनुमति दिएको थियो । उक्त पक्राउ अनुमतिविरुद्ध देउवाले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले पक्राउ अनुमति माग्दा र दिँदा पालना गर्नुपर्ने ‘कानूनी उचित प्रक्रिया’ पूरा नभएको औंल्याएको छ । पक्राउ गर्नुपर्ने स्पष्ट आधार र कारणहरू नखुलाई हचुवाका भरमा अनुमति मागिएको र दिइएको अदालतको ठहर छ ।

सम्पत्ति शुद्धीकरण निवारण ऐनमा भएको नयाँ संशोधन (अध्यादेश) अनुसार, यस्ता मुद्दाहरूको हेर्ने क्षेत्राधिकार अब विशेष अदालतलाई दिइएको छ । तर, जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएकाले त्यो कानूनी रूपमा नमिलेको आदेशमा उल्लेख छ । क्षेत्राधिकार परिवर्तन भइसकेको अवस्थामा काठमाडौँ जिल्ला अदालतले दिएको पक्राउ अनुमति स्वतः निष्कृय हुने सर्वोच्चले स्पष्ट पारेको छ । यस आदेशसँगै सम्पत्ति शुद्धीकरणको मुद्दामा देउवा दम्पतीलाई तत्काल पक्राउ पर्ने जोखिम टरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ