2026-10-20 01:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक एवं सांसद खुस्बु ओलीले एसईई परीक्षाको नतिजा र शैक्षिक चुनौतीप्रति गम्भीर ध्यान दिनुपर्ने बताएकी छन् । उनले यस वर्ष एसईईमा १ लाख ४६ हजार ५०७ विद्यार्थी अनुत्तीर्ण भएको उल्लेख गर्दै सफल विद्यार्थीहरूको मात्र नभई अनुत्तीर्ण विद्यार्थीहरूको अवस्थाप्रति पनि ध्यान दिन आवश्यक रहेको बताइन्।

उनले विशेषगरी मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विद्यार्थी अनुत्तीर्ण हुने दर बढी देखिएको भन्दै चिन्ता व्यक्त गरिन्। सफलताको मात्रै उत्सव मनाउने प्रवृत्तिको आलोचना गर्दै उनले भनिन्, ‘सफलताको मात्र उत्सव मनाउँदा धेरै विद्यार्थी अनुत्तीर्ण भएर बाहिरिइरहेका छन्। अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन।’

सांसद ओलीले अनुत्तीर्ण भएका धेरै विद्यार्थी पुरक परीक्षामा समेत सहभागी नहुने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै यस विषयमा सबै सरोकारवालाले ध्यान दिनुपर्ने आवश्यकता औँल्याइन् । उनले भनिन्, ‘यति धेरै विद्यार्थीहरु अनुत्तीर्ण भैइराख्नु भएको छ। जो विद्यार्थीहरु अनुत्तीर्ण हुन्छन् तीनिहरुलाई हामी भुल्छौं। यसमा पनि ८० प्रतिशत विद्यार्थीहरु पुरक परिक्षामा पनि जानु हुन्न। त्यसैले यसमा ध्यान दिनुपर्ने हामी सबैको जिम्मेवारी हो। फेल भएका विद्यार्थीहरुलाई पनि कसरी हुन्छ अभियान या सरकार मार्फत हामीले शिक्षाको मूल प्रवाहबाट ब्रेक गर्नु हुँदैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ