बैशाख ३१, काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तरगत ३४ जिल्लामा जारी मतदान अपरान्हसम्म ७० प्रतिशतभन्दा धेरै मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले अहिलेसम्म काठमाडौमा ७० प्रतिशतभन्दा बढी मत खसेको जनाएको छ । यस्तै रसुवा र स्याङ्जा र नवलपरासीमा ६५ प्रतिशत मत खसेको छ ।
निर्वाचन आयोगका अनुसार दिउँसो ४ बजेसम्म करिब ७० प्रतिशत मत खसेको छ भने मतदानमा अहिले पनि उत्साहजनक जनाइरहेका छन् ।