८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ काठमाडौँको टोखा नगरपालिकाको पछिल्लो मत परिणाम

१ जेष्ठ २०७४, सोमबार ०७:४७

जेठ १, काठमाडौँ । स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट प्रमुखका उम्मेदवार हरिहर अधिकारी अग्रस्थानमा रहनुभएको छ । 

आइतबार साँझदेखि जारी मतगणनामा अधिकारीले चार सय ३९ तथा नेकपा (एमाले)का प्रकाश अधिकारीले चार सय २८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत दीनबन्धु बरालले जानकारी गराउनुभयो । 

यसैगरी नेकपा (माओवादी केन्द्र) की कल्पना शर्माले एक सय १३ मत प्राप्त गर्नुभएको छ । उहाँका अनुसार अहिलेसम्म एक हजार दुई सय २३ मत गणना भइसकेकामा ३९ मत बदर भएको छ । अहिले वडा नं १ र २ को मतगणना भइरहेको छ । 

उप्रमुखमा काँग्रेसकी रजनी थापाले तीन सय ६०, एमालेका ज्ञानमाया डङ्गोलले चार सय ४० मत र माओवादी केन्द्रका दीपक बानियाँले एक सय २० मत प्राप्त गर्नुभएको छ । कुल २८ हजार एक सय ७४ मतदाता रहेको सो नगरपालिकामा करिब २२ हजार मत खसेको बताइएको छ । 

उहाँका अनुसार अब छिट्टै वडा नं ३ को मतगणना गरिने छ । एघार वडा रहेको सो नगरपालिकामा प्रमुख र उपप्रमुखसहित ५७ जना निर्वाचित हुनेछन् । प्रमुखमा १४ र उपप्रमुखमा नौ जनासहित दुई ६१ जनाले उम्मेदवारी दिनुभएको छ । 

यसअघि वडा नं २ र ६ मा दलित महिला सदस्यमा काँग्रेसका प्रतिमा हिडमाङ र दिलमाया विक निर्विरोध निर्वाचित भइसक्नुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध विपद् व्यवस्थापनमा विश्व बैंकले नेपाल सरकारलाई १५० मिलियन डलर ऋण दिने रवि लामिछाने र छविलाल जोशीलाई म्याद थपका लागि एकसाथ अदालतमा पेस गरिँदै नेपाल जापानसँग ९–२ गोल अन्तरले पराजित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै इरानमाथिको आक्रमणले विश्वलाई इजरायलको हैसियत देखाउने रक्षामन्त्री गालान्टको दाबी च्याम्पियन्स लिगमा बार्यन म्युनिखविरुद्ध बार्सिलोनाको शानदार जित मौसम पूर्वानुमान: पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ?