२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ काठमाडौँको टोखा नगरपालिकाको पछिल्लो मत परिणाम

२०७४, १ जेष्ठ सोमबार ०७:४७

जेठ १, काठमाडौँ । स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट प्रमुखका उम्मेदवार हरिहर अधिकारी अग्रस्थानमा रहनुभएको छ । 

आइतबार साँझदेखि जारी मतगणनामा अधिकारीले चार सय ३९ तथा नेकपा (एमाले)का प्रकाश अधिकारीले चार सय २८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत दीनबन्धु बरालले जानकारी गराउनुभयो । 

यसैगरी नेकपा (माओवादी केन्द्र) की कल्पना शर्माले एक सय १३ मत प्राप्त गर्नुभएको छ । उहाँका अनुसार अहिलेसम्म एक हजार दुई सय २३ मत गणना भइसकेकामा ३९ मत बदर भएको छ । अहिले वडा नं १ र २ को मतगणना भइरहेको छ । 

उप्रमुखमा काँग्रेसकी रजनी थापाले तीन सय ६०, एमालेका ज्ञानमाया डङ्गोलले चार सय ४० मत र माओवादी केन्द्रका दीपक बानियाँले एक सय २० मत प्राप्त गर्नुभएको छ । कुल २८ हजार एक सय ७४ मतदाता रहेको सो नगरपालिकामा करिब २२ हजार मत खसेको बताइएको छ । 

उहाँका अनुसार अब छिट्टै वडा नं ३ को मतगणना गरिने छ । एघार वडा रहेको सो नगरपालिकामा प्रमुख र उपप्रमुखसहित ५७ जना निर्वाचित हुनेछन् । प्रमुखमा १४ र उपप्रमुखमा नौ जनासहित दुई ६१ जनाले उम्मेदवारी दिनुभएको छ । 

यसअघि वडा नं २ र ६ मा दलित महिला सदस्यमा काँग्रेसका प्रतिमा हिडमाङ र दिलमाया विक निर्विरोध निर्वाचित भइसक्नुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ