जेठ ५, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका प्रमुखका एमाले उम्मेदवार पुण्यप्रसाद चौंलागाईंले आफ्नो हार स्वीकार गर्दै सामाजिक संजालमा स्टाटस राखेका छन"/>
जेठ ५, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका प्रमुखका एमाले उम्मेदवार पुण्यप्रसाद चौंलागाईंले आफ्नो हार स्वीकार गर्दै सामाजिक संजालमा स्टाटस राखेका छन"/>
जेठ ५, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका प्रमुखका एमाले उम्मेदवार पुण्यप्रसाद चौंलागाईंले आफ्नो हार स्वीकार गर्दै सामाजिक संजालमा स्टाटस राखेका छन् ।
मत गणना जारी रहेको अवस्थामै चौलागाईंले फेसबुक पेजमार्फत् गोकर्णेश्वर नगरपालिकामा एमालेले हारेको बताएका हुन् । एमाले उम्मेदवार चौलागाईंले फेसबुकमा लेखेका छन्, ‘जन्मपछि मृत्युु यथार्थ जस्तै चुनावी मैदानमा होमिएपछि हार वा जीत पनि यथार्थ हो । त्यसैले हामीलाई यो पटक हार हात परेको छ । हार नै जितको संकेत हो भने झै हामीले हारेका छौं ।’
चुनावमा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिँदै उनले एमालेलाई चुनावमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।