२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अब सांसद कोष सीधै गाउँमा, स्थानीय तहमा कति बजेट जाँदैछ ?

२०७४, ५ जेष्ठ शुक्रबार १४:५०

जेठ ५, काठमाडौं । सरकारले स्थानीय तहमा केन्द्रीय बजेटको करिब २३ प्रतिशत बजेट सिधै स्थानीय तहमा पठाउने तयारी गरेको छ । स्थानीय तहका लागि अनुदानका रुपमा नि-शर्त सरकारले करिब २३ प्रतिशत बजेट पठाउने गृहकार्य गरेको हो ।

सरकारले पठाउने सो बजेट अब सिधा गाउँपालिका र नगरपालिकामा जानेछ । स्थानीय विकास मन्त्रालयका अनुसार अब सिंहदरबारबाट प्रत्येक स्थानीय तहमा कम्तिमा ३ करोड रुपैयाँको बजेट जानेछ । मन्त्रालयका अनुसार यो बर्ष ७४४ स्थानीय तहलाई एकमुष्ट गरी तीन प्रकारका अनुदानबाट बजेट जाँदैछ, त्यसमध्ये एउटा समपूरक अनुदान, अर्को विशेष अनुदान र अर्को सशर्त अनुदान हो । 

मन्त्रालयको अनुमानलाई आधार मान्ने हो भने अब स्थानीय तहका सबै अधिकार क्षेत्रमा बजेट पठाउँदा करिब ४ खर्ब बजेट जानेछ । सिधै स्थानीय तहमा बजेट जाँदा स्थानीय तहले आवश्यकता अनुसार खर्च गर्न सक्नेछ । गाविस संरचना हुँदा १ खर्ब ९ अर्ब बजेट जाने गरेकोमा अब सिधै ४ खर्बभन्दा बढी जाने भएको छ ।

त्यस्तै सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकासका लागि खर्च गर्न सांसदको मातहतमा दिने बजेट समेत काटेर सिधै स्थानीय तहलाई दिंदैछ । त्यस्तै राजनीतक रुपमा जाने बजेट समेत स्थानीय तह मार्फतनै पठाउन गृहकार्य गरिएको छ । सरकारले यस सम्बन्धि सबैसँग गृहकार्य गरेर आगामी कार्यनीति तय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ