जेठ ७, जाजरकोट | जाजरकोट–डोल्पा सडकखण्ड राष्ट्रिय सडक सञ्जालमा जोडिन अब आठ किलोमिटरमात्र बाँकी रहेको नेपाली सेनाले बताएको छ । अहिले डोल्पाको करवगाड, त्रिपुरासुन्दरी नगर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ७, जाजरकोट | जाजरकोट–डोल्पा सडकखण्ड राष्ट्रिय सडक सञ्जालमा जोडिन अब आठ किलोमिटरमात्र बाँकी रहेको नेपाली सेनाले बताएको छ । अहिले डोल्पाको करवगाड, त्रिपुरासुन्दरी नगर"/>
2026-09-03 06:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भेरी करिडोर सडकले चीन र भारतलाई जोड्दै, अब ८ किलोमिटर बाँकी

जेठ ७, जाजरकोट | जाजरकोट–डोल्पा सडकखण्ड राष्ट्रिय सडक सञ्जालमा जोडिन अब आठ किलोमिटरमात्र बाँकी रहेको नेपाली सेनाले बताएको छ । अहिले डोल्पाको करवगाड, त्रिपुरासुन्दरी नगरपालिका सडक सञ्जालको पहुँचमा पुगेको छ । 

नेपाली सेनाले निर्माण गरिरहेको जाजरकोट–दुनै सडकखण्डको ११७ किमीमध्ये आठ किमीमात्र निर्माण गर्न बाँकी रहेपछि तल्लो डोल्पावासीको वर्षौंदेखिको गाडीमा चढ्ने सपना पूरा भएको छ । 

जाजरकोट–डोल्पा सडक निर्माणपछि एकातिर डोल्पा सदरमुकाम सडकको राष्ट्रिय सञ्जालमा जोडिनेछ भने अर्कोतर्फ छिमेकी जिल्ला रुकुम र जाजरकोटका दुर्गम गाउँमा यातायातको पहुँच पुगेको छ । यो सडक निर्माणसँगै चीन र भारतलाई जोड्ने मुख्य मार्ग पनि स्थापित हुनेछ । ठूलठूला पहाड र अत्यधिक कडा चट्टानका कारण उक्त सडकको निर्माण कार्य कहिले सकिएला भन्ने अन्योल कायम रहेका बेला नेपाली सेनाले निर्माण कार्यलाई अन्तिम चरणमा पुर्याएपछि वर्षौंदेखिको आशा पूरा हुन लागेको भन्दै स्थानीयवासी हर्षित छन् । 

डोल्पा सदरमुकाम दुनैसम्म मोटरबाटो पुर्याउने २२ वटा कम्प्रेसर मेसिनले पहाडमा प्वाल पारेर दैनिक ५०० किलो विस्फोटक पदार्थ खपत भइरहेको सडक निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले बताउनुभयो । पहाडीका अनुसार सैनिक कार्यदलको ध्यान जतिसक्दो चाँडो डोल्पा सदरमुकाम दुनैसम्म सडक पुर्याउनेतर्फ मात्र केन्द्रित छ । 

सडक निर्माणका लागि छवटा सैनिक बेस क्याम्प राखिएको छ भने दैनिक ५०० भन्दा वढी श्रमिक काममा जुटिरहेका छन् । सडक निर्माणस्थल भौगोलिक रूपले विकट तथा कडा चट्टान नभएको भए यसअघि नै उक्त सडकको निर्माण कार्य समाप्त भइसक्ने सेनाको भनाइ छ ।

हाल डोल्पावासी जिल्ला बाहिर जानु पर्यो भने रुकुमको सिमाना करवगाडमा पुगेर जिप चढ्ने गर्छन् । उक्त सडकखण्डमध्ये साढे ३० किमी रुकुम र ४६.७ किमी जाजरकोटमा पर्छ । डोल्पामा पर्ने साढे ३१ किमीमध्ये अब आठ किमी मात्र सडक निर्माण गर्न बाँकी छ । 

पहाडीका अनुसार खदाङसम्मको सडक निर्माण सकिएपछि डोल्पावासीको आफ्नै जिल्लामा यातायातका साधन चढ्ने वर्षौंदेखिको सपना पूरा हुनेछ । आउँदो दसैँभित्र खदाङसम्म मोटर पुर्याइने लक्ष्यका साथ काम भइरहेको प्रमुख सेनानी पहाडीले बताउनुभयो । 

खदाङदेखि दुनैसम्मको आठ किमी कडा चट्टाने पहाडमा सडक निर्माणको काम सक्न भने अरु एक वर्षजति लाग्ने सेनाको अनुमान छ । दूरीको हिसाबले दुनैदेखि खदाङसम्म पुग्न त्यति टाढा नभएकाले सदरमुकामसम्म मोटरबाटो नपुग्दै सञ्चालनमा ल्याइने बताइएको छ । 

डोल्पा सदरमुकाम सडकको राष्ट्रिय सञ्जालमा जोडिएसँगै दुई छिमेकी मुलुक चीन र भारत जोड्ने सबभन्दा छोटो मार्गसमेत सोही सडक हुनेछ । भेरी करिडोर नाम दिइएको उक्त सडकखण्डले चीनको स्वशाषित क्षेत्र तिब्बत–मारिम्ला भञ्ज्याङ–धो–दुनै–खदाङ–जाजरकोट–छिन्चु–नेपालगन्ज हुँदै रुपैडिहा नाकाबाट भारतलाई जोड्ने छ । दुवै छिमेकी मुलुकबाट प्रशस्त अवसर लिन सकिने सम्भावना भएकाले मन्त्रालयले उक्त सडकलाई रणनीतिक महत्वका रूपमा लिने गरेको छ । दक्षिणको रुपैडिडादेखि उत्तरको मरिमसम्मको दूरी करिब साढे चार सय किमी जति हुने बताइएको छ ।

सांसद शक्तिबहादुर बस्नेतले डोल्पाको रणनीतिक सडक निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था गरिँदै आएको बताउनुभएको छ । अझै छिटो छरितो कामका लागि बजेट कमी हुन नदिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । 

अहिले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका सडक सञ्जालसँग जोडिएकाले अब तल्लो डोल्पावासी सुविधा उपभोग गर्न सफल भएको बस्नेतले बताउनुभयो । माथिल्लो डोल्पामा काम छिटो गर्नका लागि एकीकृत सडक निर्माणको कार्यदिशा बनाएर सडक निर्माण गरिनुपर्ने पूर्व शान्तिमन्त्री सत्य पहाडीको भनाइ छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही