२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

माओवादी केन्द्र र एमाले रुकुमद्वारा उम्मेदवारको टुङ्गो

२०७४, ९ जेष्ठ मंगलवार ०७:१९

जेठ ९, रुकुम | आगामी जेठ ३१ गते दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि यहाँ नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)ले उम्मेदवारको टुङ्गो लगाएका छन् । जिल्लाका छ स्थानीय तहमा पहिलो चरणमा निर्वाचन भयो भने बाँकी तीनवटा स्थानीय तहमा दोस्रो चरणमा निर्वाचन हुँदैछ । 

दोस्रो चरणमा निर्वाचन हुने सिस्ने, भुमे र पुथाउत्तरगङ्गा गाउँपालिका सबैमा उम्मेदवारको टुङ्गो लगाएको दुवै पार्टीले जानकारी दिएका छन् । 

यी गाउँपालिकामध्ये नेकपा (माओवादी केन्द्र) पुथाउत्तरगङ्गा गाउँपालिकाको अध्यक्षमा ओमप्रकाश घर्ती, उपाध्यक्षमा ओमकुमारी शाही मल्ल, भुमे गाउँपालिकाको अध्यक्षमा रामसुर बुढा, उपाध्यक्षमा मञ्जु विष्ट र सिस्ने गाउँपालिकाको अध्यक्षमा कुमारी बराल, उपाध्यक्षमा गोवद्र्धन बुढालाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला इन्चार्ज तेजबहादुर ओलीले जानकारी दिनुभएको छ । 

यस्तै, एमालेले पनि सिस्ने गाउँपालिकाको अध्यक्षमा नन्दलाल शर्मालाई, उपाध्यक्षमा नुमेन्द्रा खड्कालाई, भुमे गाउँपालिकाको अध्यक्षमा आशा स्वर्णकार, उपाध्यक्षमा कमानसिङ डाँगी र पुथाउत्तरगङ्गा गाउँपालिकाको अध्यक्षमा भिउमान घर्ती र उपाध्यक्षमा सीता घतानलाई टिकट दिने निर्णय गरेको एमाले प्रचार विभाग उपसंयोजक कर्णबहादुर ओलीले जानकारी दिनुभयो । 

अध्यक्ष र उपाध्यक्षको टुङ्गो लागेपछि दलहरु वडा अध्यक्ष र सदस्यको टुङ्गो लगाउने तयारीमा जुटेको बताएका छन् । नेपाली काँग्रेसले भने छलफलमा रहेकाले अबको एक/दुई दिनमा सबै उम्मेदवारको टुङ्गो लाग्ने बताएको छ । गाउँपालिका अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्ष तथा सदस्य सबैको एक साथ टुङ्गो लगाउनु पर्ने भएकाले केही दिन ढिला भएको जिल्ला सभापति प्रेमप्रकाश ओलीले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध