जेठ १०, काठमाडौं । व्यपस्थापिका संसदको बैठक आज पनि सूचना टाँसेर स्थगित भएको छ । संसद सुचारु भए प्रधानमन्त्री प्रचण्डले संसदमा सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेका थिए "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ १०, काठमाडौं । व्यपस्थापिका संसदको बैठक आज पनि सूचना टाँसेर स्थगित भएको छ । संसद सुचारु भए प्रधानमन्त्री प्रचण्डले संसदमा सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेका थिए "/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेले सदन सुचारु गर्न नदिएपछी संसद बैठक आज पनि स्थगित

१० जेष्ठ २०७४, बुधबार ०७:४०


जेठ १०, काठमाडौं । व्यपस्थापिका संसदको बैठक आज पनि सूचना टाँसेर स्थगित भएको छ । संसद सुचारु भए प्रधानमन्त्री प्रचण्डले संसदमा सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेका थिए ।  

मंगलबार नै प्रधानमन्त्री प्रचण्डले राजिनामा दिने भनिएपनि एमालेको कारण उनले राजीनामा दिन पाएनन् र आज संसद बैठक बस्ने निर्णय भएपछी राजीनामा सहित संसद पुगेका प्रधानमन्त्री प्रचण्ड तीन दलबीच सदन सुचारु गर्नेबारे सहमति जुट्न नसके पछी त्यसै फर्किएका छन् ।

प्रधानमन्त्री प्रचण्डले बोलाएको मुख्य तीन दलको बैठकमा एमालेका अध्यक्ष केपी ओली सहभागी नभएपछी आज बिहानको बैठक समेत बस्न पाएन । एमालेले प्रधानमन्त्री फेर्ने बिषयमा तदारुकता देखाएको छैन भने स्थानीय तहको संख्या बृद्धिको बिषयलाई लिएर विरोध समेत गरेको छ । एमालेले भनेको छ – 'निर्णय फिर्ता नभएसम्म संसद चल्न दिंदैनौं ।'

एमालेले बिरोधको सृंखला जारी राखेपछी आज हुने भनिएको संसदको बैठक भोलि अपराहृन ४ बजेका लागि बोलाइएको छ । भोलिको संसद बैठकमा राष्ट्रपति विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको छ । तर एमालेले आफ्नो बिरोध कायम राखेको अवस्थामा भोली पनि संसद सुचारु हुने स्थिति नदेखिएको नेताहरुले बताएका छन् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम