जेठ १९, काठमाडौँ | काठमाडौँबाट तराई एक घन्टामा पुग्न सकिने ७६.२ किमी दूरीको द्रुतमार्ग सडक आयोजनाको काम नेपाली सेनाबाट चार वर्षभित्र सम्पन्न गर्ने गरी सरकारले निर्णय गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १९, काठमाडौँ | काठमाडौँबाट तराई एक घन्टामा पुग्न सकिने ७६.२ किमी दूरीको द्रुतमार्ग सडक आयोजनाको काम नेपाली सेनाबाट चार वर्षभित्र सम्पन्न गर्ने गरी सरकारले निर्णय गर"/>
२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एक घण्टामा तराई पुग्न सकिने द्रुतमार्ग निर्माणबारे बैठक

११ जेष्ठ २०७४, बिहीबार ११:२९

जेठ १९, काठमाडौँ | काठमाडौँबाट तराई एक घन्टामा पुग्न सकिने ७६.२ किमी दूरीको द्रुतमार्ग सडक आयोजनाको काम नेपाली सेनाबाट चार वर्षभित्र सम्पन्न गर्ने गरी सरकारले निर्णय गरेअनुसार आज रक्षा मन्त्रालयमा सो विषयमा बैठकको आयोजना गरियो । 

बैठकमा रक्षामन्त्री बालकृष्ण खाणले सरकारले यो गहन कार्यको जिम्मा ठूलो भरोसा गरेर नेपाली सेनालाई दिएकाले गुणस्तरीय ढङ्गले समयमा निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । 

भौतिक पुर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले तराई/मधेसका जनतालाई एक घन्टामा काठमाडौँका जनतासँग नजिक्याउने यो आयोजना पूरा हुँदा सेना र देशकै कार्यकुशलतामा अभिवृद्धि हुने बताउनुभयो । 

साठी वर्ष पहिले बनेको त्रिभुवन राजपथबाट अर्बौं रकम, इन्धन, सवारीसाधन मर्मत र समय गणनाको हिसाबले खर्च भइरहेको हुँदा सबै पक्षबाट यो आयोजना राष्ट्रको हितमा रहेको बैठकमा धारणा राखियो । 

नेपाली सेनाका कार्यबाहक प्रधान सेनापति बलदेवराज महतले सरकारले यो कार्यको जिम्मेवारी दिएकोमा आभार प्रकट गर्दै सेनाको सम्पूर्ण शक्ति लगाएर यो जिम्मेवारी समयभित्रै पूरा गरिने बताउनुभयो । 

यस आयोजनाको प्रत्येक महिना कार्य प्रगति अनुगमन गरी सरकारसमक्ष प्रतिवेदन दिन राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा उच्चस्तरीय नीतिगत समन्वय तथा अनुगमन समिति गठन गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने