२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘घरझगडाको निहुँमा एमालेले संसद अवरोध गर्न बेर छैन’

२०७४, १८ जेष्ठ बिहीबार १२:५९


जेठ १८, काठमाडौं । प्रमुख दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् सांसद मीन विश्वकर्माले भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको विषयलाई लिएर एमालेले संसद अवरुद्ध गर्नु गलत भएको टिप्पणी गरेका छन् । उनले निर्वाचन आयोग यसबारेमा निर्णय लिन स्वतन्त्र भएकोले यसमा कसैले हल्ला गरेर केही नहुने स्पष्ट पारे ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता विश्वकर्माले निर्वाचन ऐन, निर्देशिका र आचारसंहिताले यसबारेमा प्रष्ट रुपमा व्यवस्था गरेकोले मतदान अधिकृतले निर्णय तुरुन्त पूनः मतदान गर्नुपर्ने बताए । उनले भने,‘मतदान अधिकृतले नयाँ मिति, स्थान र समय तोक्न सक्ने व्यवस्था छ।’

उनले मतदान अधिकृत किन आँत्तिएको भन्दै प्रश्न समेत गरे । विश्वकर्माले भने,‘मतदान अधिकृत किन आत्तिनुभएको हो ? उहाँले आत्तिएर समिति बनाउनुभयो, एमालेले संसद अवरुद्ध गर्यो भनेर डराउनुभएको होला ।’ उनले संसद अवरुद्ध एमालेले गर्नुभन्दापनि अब आफूहरुले गर्नुपर्ने बेला आएको बताए ।

विश्वकर्माले निर्वाचन आयोग संवैधानिक अंग भएकोले यसबारेमा निर्णय लिन आयोग स्वतन्त्र रहेको समेत स्पष्ट पारे । उनले मुलुक पछिल्लो समय लहडमा चलेको समेत गुनासो पोखे । उनले भने,‘एमालेका साथीहरु खासगरी वुद्धिजीवी साथीहरुले फेसबुकमा र टिव्टरमा लेखिहाल्नुहुन्छ, म भन्छु देश अहिले लहडमा चलेको छ, देश भावनामा चल्दैछ।’

उनले पद्धती, विधि र संविधानलाई सबैले स्विकानुपर्ने बताउँदै भने,‘एमाले अहिले उल्टो बाटोमा हिडिँरहेको छ।’ भरतपुर महानगरपालिकाको घट्नालाई नौलो रुपमा लिन नहुने समेत उनले बताए । उनका अनुसार ०५४ को स्थानीय तहको निर्वाचनमा कन्चटमा पेस्टोल तेर्साएर समेत मतपत्र च्यातेका घट्नाहरु घटेका उदाहरण सुनाए । उनले भने,‘त्यतिवेला हामीले ५८ नगरपालिकामा जम्मा कांग्रेसले ९ वटामा मात्रै विजयी हाँसिल गरेको थियो, तर हामीले परिणाम स्विकार्यौं।’

उनले एमालेले भरतपुर घट्नालाई लिएर संसद अवरुद्ध गरेको घट्नालाई विगतमा जे हुँदापनि चक्काजाम गर्ने चलन दोहोर्याउन खोजेको आरोप लगाए । उनले भने,‘कुन बेला एमालेले कमरेडको घरमा झगडा भयो भनेर संसद अवरोध गर्न बेर छैन ?’ उनले आफूले संसद अवरुद्ध गरेको विषयमा एमालेका दोस्रो वरियताक्रमका नेताहरुसँग कुरा समेत गरेको सुनाएँ । उनले गेम हार्नेले ग्राउण्ड नै भत्काउने काम गर्न नहुने समेत सुझाए ।

उनले केही दिनभित्रै प्रधानमन्त्री चयनको लागि निर्वाचन तालिका सार्वजनिक हुने समेत जानकारी दिए । उनले भने,‘सभामुखज्यूले प्रधानमन्त्री चयनको कार्यसूचि सार्वजनिक गनुहुनेछ।’ उनले अबको चार दिनभित्र प्रधानमन्त्री चयन हुने समेत दाबी गरे । माओवादी केन्द्रको समर्थन रहेकोले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सुनिश्चित रहेको स्पष्ट पारे । उनले भने,‘अहिले हाम्रो पक्षमा ३ सय छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ