2026-06-30 07:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

निर्वाचनलाई सफल पार्न कुनै कसर बाकी राख्दैनौँ- प्रजिअ

कमल रावल | असार २, अछाम | असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई सफल रूपमा सम्पन्न गर्न आ-आफ्नो क्षेत्र बाट सहयोग गर्ने एक कार्यक्रममा सहभागी सरोकारवालाले प्रतिबद्धता जनाएका छन । 

स्थानीय तहको निर्वाचन सफल भएपछि मात्रै संघियता कार्यान्वयन हुने भएकाले चुनाब सफल पार्ने कुरामा कुनैपनी कुराको कमी हुन नदिने बताएका थिए । रेडियो रामारोशनले आयोजना गरेको संघियता सफल कार्यान्वयनका लागि शान्तिपूर्ण रूपमा निर्वाचन बिषयक सुदुर सवाल कार्यक्रममा सहभागी सरोकारवालाले यस्तो प्रतिबद्धता जनाएका हुन् । 

कार्यक्रममा बोल्दै अछामका प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्टले जिल्ला प्रशासन कार्यालयले चुनाबको सम्पूर्ण तयारी पूरा गरिसकेको भन्दै सुरक्षाको बिषयमा कुनै संका नगर्न सबै जिल्ला बासीलाई अनुरोध गर्नु भएको छ । चुनाव स्थलमा ३ घेरामा सुरक्षाकर्मी खटाईने भएकाले ढुक्क भएर मतदान स्थलमा गई मतदान गर्न आग्रह गर्नुभयो । सुरक्षा व्यावस्था अत्यन्तै राम्रो रहेको भन्दै छिमेकी जिल्ला सुर्खेतबाट पनि सुरक्षाकर्मी ल्याईएको जानकारी गराउनु भएको थियो । मदिरा मुख्य चुनौतीको रूपमा रहेको छ भन्ने सहभागी हरूको जिज्ञासामा प्रमुख जिल्ला अधिकारी बिष्टले चुनाव अवधिभर अछाम जिल्लामा मधिरा विक्री वितरण कार्य पुर्ण रोक लगाईएको बताउनु भयो । जिल्लाका प्रमुख ब्यापारिक केन्द्रमा प्रहरी परिचालन गरिएकाले यदि बेचविखन गरिएको पाईएमा कानुन बमोजिम कारबाही गरिने बताउनु भयो । चुनाव विरोधी गतिविधि गर्ने कसैलाईपनी नछोडीने प्रमुख जिल्ला अधिकारी बिष्टको भनाइ छ । कुनैपनी दलले कार्यक्रम गर्नु भन्दा अघि प्रशासनलाई जानकारी गराउनुपर्ने भन्दै आचार संहिता भित्र रहेर कार्यक्रम गर्न अनुरोध गर्नुभयो । चुनाव सफल पार्न सबै जिल्लाबासीलाई आ आफनो क्षेत्रबाट सहयोग गर्न अनुरोध समेत गर्नु भएको छ । 

कार्यक्रममा बोल्दै नेपाली काग्रेसका पार्टी प्रवक्ता वेदप्रकाश तिमिल्सैना, नेकपा एमालेका प्रचार विभाग प्रमुख भिम जनाला र नेकपा माओबादी केन्द्रका केन्द्रीय आयोजक कमीटी सदस्य दिपक रोकामगरले अषाढ १४ गते हुने स्थानीय तहको निर्वाचन सफल पार्न अछामका दलहरू स्वस्थ प्रतिस्पर्धा गर्ने भन्दै चुनावी आचार संहिता विपरीत कुनैपनी कार्य नगर्ने प्रतिबद्धता जनाएका छन । उहाहरुले कार्यक्रम मार्फत आम कार्यकर्तालाई चुनाव सफल पार्न आ आफ्नो क्षेत्रबाट सहयोग गर्न अनुरोध समेत गर्नु भएको छ  । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी तुल बहादुर काउचा लगायत मतदाताहरूको सहभागीता रहेको थियोे । आज रेकर्ड गरिएको सुदुर सवाल शनिबार बेलुका सवा ९ बजे, आईतबार बेलुकी सवा ६ बजे र सोमबार बिहान सवा ८ बजे रेडियो रामारोशनबाट सुन्न सक्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ