२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

निर्वाचनलाई सफल पार्न कुनै कसर बाकी राख्दैनौँ- प्रजिअ

२ असार २०७४, शुक्रबार ०२:२६

कमल रावल | असार २, अछाम | असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई सफल रूपमा सम्पन्न गर्न आ-आफ्नो क्षेत्र बाट सहयोग गर्ने एक कार्यक्रममा सहभागी सरोकारवालाले प्रतिबद्धता जनाएका छन । 

स्थानीय तहको निर्वाचन सफल भएपछि मात्रै संघियता कार्यान्वयन हुने भएकाले चुनाब सफल पार्ने कुरामा कुनैपनी कुराको कमी हुन नदिने बताएका थिए । रेडियो रामारोशनले आयोजना गरेको संघियता सफल कार्यान्वयनका लागि शान्तिपूर्ण रूपमा निर्वाचन बिषयक सुदुर सवाल कार्यक्रममा सहभागी सरोकारवालाले यस्तो प्रतिबद्धता जनाएका हुन् । 

कार्यक्रममा बोल्दै अछामका प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्टले जिल्ला प्रशासन कार्यालयले चुनाबको सम्पूर्ण तयारी पूरा गरिसकेको भन्दै सुरक्षाको बिषयमा कुनै संका नगर्न सबै जिल्ला बासीलाई अनुरोध गर्नु भएको छ । चुनाव स्थलमा ३ घेरामा सुरक्षाकर्मी खटाईने भएकाले ढुक्क भएर मतदान स्थलमा गई मतदान गर्न आग्रह गर्नुभयो । सुरक्षा व्यावस्था अत्यन्तै राम्रो रहेको भन्दै छिमेकी जिल्ला सुर्खेतबाट पनि सुरक्षाकर्मी ल्याईएको जानकारी गराउनु भएको थियो । मदिरा मुख्य चुनौतीको रूपमा रहेको छ भन्ने सहभागी हरूको जिज्ञासामा प्रमुख जिल्ला अधिकारी बिष्टले चुनाव अवधिभर अछाम जिल्लामा मधिरा विक्री वितरण कार्य पुर्ण रोक लगाईएको बताउनु भयो । जिल्लाका प्रमुख ब्यापारिक केन्द्रमा प्रहरी परिचालन गरिएकाले यदि बेचविखन गरिएको पाईएमा कानुन बमोजिम कारबाही गरिने बताउनु भयो । चुनाव विरोधी गतिविधि गर्ने कसैलाईपनी नछोडीने प्रमुख जिल्ला अधिकारी बिष्टको भनाइ छ । कुनैपनी दलले कार्यक्रम गर्नु भन्दा अघि प्रशासनलाई जानकारी गराउनुपर्ने भन्दै आचार संहिता भित्र रहेर कार्यक्रम गर्न अनुरोध गर्नुभयो । चुनाव सफल पार्न सबै जिल्लाबासीलाई आ आफनो क्षेत्रबाट सहयोग गर्न अनुरोध समेत गर्नु भएको छ । 

कार्यक्रममा बोल्दै नेपाली काग्रेसका पार्टी प्रवक्ता वेदप्रकाश तिमिल्सैना, नेकपा एमालेका प्रचार विभाग प्रमुख भिम जनाला र नेकपा माओबादी केन्द्रका केन्द्रीय आयोजक कमीटी सदस्य दिपक रोकामगरले अषाढ १४ गते हुने स्थानीय तहको निर्वाचन सफल पार्न अछामका दलहरू स्वस्थ प्रतिस्पर्धा गर्ने भन्दै चुनावी आचार संहिता विपरीत कुनैपनी कार्य नगर्ने प्रतिबद्धता जनाएका छन । उहाहरुले कार्यक्रम मार्फत आम कार्यकर्तालाई चुनाव सफल पार्न आ आफ्नो क्षेत्रबाट सहयोग गर्न अनुरोध समेत गर्नु भएको छ  । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी तुल बहादुर काउचा लगायत मतदाताहरूको सहभागीता रहेको थियोे । आज रेकर्ड गरिएको सुदुर सवाल शनिबार बेलुका सवा ९ बजे, आईतबार बेलुकी सवा ६ बजे र सोमबार बिहान सवा ८ बजे रेडियो रामारोशनबाट सुन्न सक्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो