३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भिसा तथा मास्टरकार्डको रकम विदेशबाट तुरुन्तै नेपाली बैङ्क खातामा निःशुल्क पठाउन सकिने

२२ आश्विन २०८१, मंगलवार १३:५८

काठमाडौँ | अब विदेशबाट भिसा तथा मास्टर मार्फत रकम सोझै नेपालका कुनै पनि बैङ्क खातामा जम्मा गर्न सकिने भएको छ । नबिल बैङ्कसँगको सहकार्यमा हाम्रो पात्रोले सोमबारदेखि यो सेवा सञ्चालनमा ल्याएको हो ।
इजी सेन्ड नाम दिइएको यो फिचर हाम्रो पात्रोको एपमै उपलब्ध गराइएको छ । जसमा गएर कार्ड डिटेल उल्लेख गरी नेपालका कुनै पनि बैङ्क खातामा तत्कालै जम्मा गर्न सकिने हाम्रो पात्रोले जनाएको छ ।
कम्पनीका अनुसार कुनै पनि अन्तर्राष्ट्रिय कार्ड (भिसा तथा मास्टरकार्ड) बाट रकम ट्रान्सफर गर्न सकिनेछ । जसमा कुनै पनि शुल्क नलाग्ने बताइएको छ ।


“नेपालमा सुरक्षित रूपमा तत्कालै रकम पठाउन चाहने विदेशमा रहेका मानिसहरूलाई सहज र विश्वसनीय विकल्पको रूपमा इजीसेन्ड डिजाइन गरिएको छ,” हाम्रो पात्रोले भनेको छ, “चाहे तपाईँ आफ्ना साथीभाइ वा घरपरिवारका लागि पठाउनु होस् अथवा कुनै व्यक्तिगत भुक्तानी नै किन नगर्नुहोस्, इजिसेन्डले तपाईँलाई भिसा तथा मास्टर कार्ड प्रयोग गरी नेपालका कुनै पनि बैङ्क खातामा रकम पठाउने सुविधा दिन्छ ।”
यसरी पठाइएको रकम तुरुन्तै नेपाली बैङ्क खातामा जम्मा गरिने र रकम पठाउने कार्य सम्पन्न हुने बित्तिकै प्राप्त रकम प्रयोग गर्न सकिनेछ । भिसा तथा मास्टर कार्डको रकम पठाउने कार्य निकै सहज र थोरै चरणमा सम्पन्न गर्न सकिन्छ ।
कसरी गर्छ काम ?
यसका लागि सबैभन्दा पहिला तपाईँले इजीसेन्ड अकाउन्ट खोल्नु पर्ने हुन्छ । जसका लागि सुरक्षित प्रोफाइल बनाउन केही आधारभूत व्यक्तिगत विवरण उपलब्ध गराउनु पर्छ ।
यति गरिसकेपछि रकम प्राप्त गर्ने व्यक्तिको बैङ्क खाता लगायतका विवरण उल्लेख गर्नुपर्ने हुन्छ । त्यसपछि आफ्नो भिसा तथा मास्टर कार्डको विवरण राखेर रकम पठाउन सकिन्छ । यसरी गरिने सम्पूर्ण भुक्तानी सुरक्षित रूपमा सम्पन्न हुने हाम्रो पात्रोले जनाएको छ ।
उल्लिखित चरण पूरा गर्ने बित्तिकै रकम प्राप्त गर्ने व्यक्तिको खातामा जम्मा हुन्छ । घर बसेर बिना शुल्क सहजै रकम पठाउन र प्राप्त गर्न सकिने हाम्रो पात्रोको यो सुविधा खास गरी विदेशमा बस्ने नेपालीहरूका लागि निकै उपयोगी हुने विश्वास हाम्रो पात्रोले व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली