2026-06-29 01:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

घोषणापत्र जारी गर्दै जनप्रतिनिधिको भेला सम्पन्न

2017-06-23

असार ९, सुर्खेत । एक्काइस बुँदे सुर्खेत घोषणापत्र जारी गर्दै प्रदेश नं ६ का जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रम विहिवार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । 

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा आयोजित “स्थानीय तह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण” कार्यक्रमको समापन अवसरमा जारी उक्त घोषणापत्रमा स्थानीय समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्न स्थानीय तहभित्रकै प्राकृतिक स्रोत साधनको अधिकतम परिचालन र उपयोग गरी आर्थिक समृद्धि हासिल गर्ने उल्लेख छ । 

घोषणपत्रमा पर्यटन प्रवद्र्धनका लागि स्थानीय स्रोत साधनको परिचालन गर्ने, काँक्रेविहार, रारा, से–फोक्सुन्डो, पचाल झरना, रलिङ्ग्रम्चा, मानसरोवर र सिंजा सभ्यतालगायतका सांस्कृतिक, धार्मिक, प्राकृतिक र ऐतिहासिक स्थलहरुको विकास, विस्तार र संरक्षणका लागि गुरुयोजना तयार गरी त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिने, प्रदेश सडक गुरुयोजना निर्माण गरी जिल्ला, नगर र गाउँपालिकालाई केन्द्रसम्मको सडक सञ्जालमा जोड्ने, प्रदेश नं ६ मा भएका सम्भावित क्षेत्रमा हाइड्रोपावर सञ्चालन गर्ने तथा वायु ऊर्जाको सम्भाव्यता अध्ययन गरी परियोजना तयार गर्ने उल्लेख छ । 

त्यस्तै सिँचाइ सुविधा नपुगेका क्षेत्रमा सिँचाइको व्यवस्था गर्ने, ‘एक जिल्ला एक पहिचान, एक गाउँ एक उत्पादन’लाई विशेष प्राथमिकता दिइने, स्थानीय उद्यमशीलता तथा रोजगारीको प्रवद्र्धन गर्ने, नगर तथा गाउँपालिकाको केन्द्र जोड्ने पक्की सडक सञ्जाललाई विस्तार गर्ने, आयआर्जनमा वृद्धि गरी जीवनस्तरमा सुधार ल्याउने, सिंजा राज्यको मूल मार्ग बर्दिया राजापुरको मङ्गलबारेदेखि मुगु नाम्चे लाग्ना जो मार्गलाई अन्तर्राष्ट्रिय व्यापारिक केन्द्र बनाउनेजस्ता साझा प्रतिबद्धता घोषणापत्रमा गरिएको छ । 

कार्यक्रममा प्रदेश नं ६ का ७९ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षको सहभागिता थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी