९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सातदोबाटोबाट बस चढेकी युवतीलाई बसपार्क लगी महानगर यातायातका चालक र सहचालकले गरे बलात्कार !

१६ कार्तिक २०८१, शुक्रबार १३:४१

काठमाडौं । ललितपुरको सातदोबाटोबाट बस चढेकी एक युवतीलाई रिङरोड परिक्रमा गर्ने बसका चालक र सहचालकले सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न चालक पक्राउ परेका छन् भने सहचालक अझै फरार छन्।

असोज ९ गते साँझ ५ बजे, एक युवती बसपार्क जान सातदोबाटोमा गाडी कुरिरहेकी थिइन्। त्यही बेला बा ५ ख ७१३३ नम्बरको महानगर यातायात बस आइपुग्यो। बसमा रौतहटको चन्द्रपुर निवासी सहचालक आकाश उर्फ बुद्धिमान वाइबा र संखुवासभाको खाँदबारी निवासी चालक दिपेश कोइराला थिए। युवती बसमा चढेपछि गाडी कलंकी हुँदै अघि बढ्यो।

यात्रा क्रममा, चालक र सहचालकले सबै यात्रुलाई माछापोखरीमा ओराले, तर युवतीलाई गाडी पार्क गर्न बसपार्कसम्म जाने भन्दै झर्न दिएनन् । बस बसपार्क पुगेपछि सहचालकले उनलाई पानी दिए, जसलाई पिएपछि उनी झुम्म हुँदै निदाइन्।

युवती ब्युँझँदा आफू काठमाडौं २६ स्थित बसपार्कको ‘गुरुमा’ होटलको कोठा नं. १०९ मा रहेको पाइन। उनीसँगै चालक र सहचालक नग्न अवस्थामा थिए र रातभर उनीमाथि पटक–पटक बलात्कार गरिएको उनले प्रहरीमा उजुरी दिएकी छन्। भोलिपल्ट बिहानसम्म कोठामा थुनेर बलात्कारपछि, चालक र सहचालक त्यहाँबाट भागे। पछि बस चलाउन गएका चालक दिपेशलाई असोज १० गते साँझ पक्राउ गरियो।

युवतीले प्रहरीलाई फोन गर्न खोज्दा, चालक दिपेशले फोन फुटाइदिएको र घटनाबारे कसैलाई भने मारिदिने धम्की दिएको पनि बयान दिएका छन्। उनलाई अदालतमा मुद्दा दर्तापछि जेल चलान गरिएको छ भने सहचालकको खोजी कार्य जारी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता