८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओबादीको विजय र्‍यालीमा कांग्रेसको ढुङ्गामुढा

१७ असार २०७४, शनिबार १०:३२

असार १७, रुकुम ।  रुकुममा माओबादी केन्द्रले निकालेको बिजय र्यालीमा कांग्रेसका कार्यकर्ताले ढुङ्गामुढा गरेका छन् ।

भूमे गाउँपालिका ५, का नवनिर्वाचित वडाध्यक्ष टेकप्रसाद बुढासहित अन्य सदस्य र समर्थकमाथि कांग्रेस कार्यकर्ताले शुक्रबार राति ढुङ्गामुढा गरेका हुन् । शुक्रबार नै सीमामा मतगणना सकिएपछि विजय र्‍यालीसहित गाउँ पुगेका जनप्रतिनिधिमाथि एक्कासी ढुङ्गामुढा भएपछि भागभाग भएको थियो ।

सेरावाङ पुगेपछि मतदातालाई धन्यवाद दिएर जनप्रतिनिधिसहितको र्‍याली वडाध्यक्षको घरतर्फ अघि बढेपछि माथिबाट ढुङ्गामुढा गरेको अध्यक्ष टेकप्रसाद बुढाले बताए । नवनिर्वाचित टेकप्रसादको घरमा पनि कांग्रेस कार्यकर्ताले ढुङ्गामुढा गरेको बताइएको छ । विजय र्यालीलाई स्वागत गर्न बनाइएको स्वागतद्वार पनि उनीहरुले भत्काईदिएका छन् ।

जनप्रतिनिधिमाथि ढुङ्गामुढा भएपछि शुक्रबार राति नै इलाका प्रहरी कार्यालय रुकुमकोटबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । विजय जुलुस गर्ने र विपक्षीबीचमा विवाद भएपछि केहीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी