Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ मंसिर १० गते, अपराह्न ५:०९ बजे अर्थ/विकास, काठमाडौँ - KTM, मुख्य समाचार, समाज

आज एकैदिन १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, कसरी भयो यतिधेरै गिरावट ?

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । आज सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँले घटेको हो ।

आइतबार १ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको सुन सोमबार १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सरकारले सुन र चाँदीमा लाग्दै आएको भन्सार दर घटाउने निर्णय गरेसँगै बजारमा भारी गिरावट आएको हो । मन्त्रिपरिषद्को मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको छ ।