2026-07-25 11:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

९ महिनापछि खुल्यो आईपीओ, वैदेशिक रोजगारमा रहेकालाई गार्डियन माइक्रोलाइफको अवसर

काठमाडौँ | झण्डै ९ महिनापछि प्राथमिक सेयर (आईपीओ) निष्कासन सुरु भएको छ। सर्वोत्तम सिमेन्टको आईपीओ निष्कासनपछि रोकिएको आईपीओ प्रक्रिया अब पुनः सक्रिय भएको हो।

बुधबारदेखि गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारमा रहेका नेपाली कामदारका लागि प्राथमिक सेयर जारी गरेको छ। कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्दैछ।

वैदेशिक रोजगारमा रहेका व्यक्तिहरूका लागि यसमध्ये १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर छुट्याइएको छ। यी सेयरहरूको अंकित मूल्य प्रतिकित्ता १ सय रुपैयाँ रहेको छ। आवेदन दिने न्यूनतम सीमा १० कित्ता र अधिकतम १ लाख कित्तासम्म तोकिएको छ।

यो आईपीओमा आवेदन दिन चाहनेले बिक्री प्रबन्धक कुमारी क्यापिटलमार्फत अनलाइन प्रणाली मेरोसेयर प्रयोग गरी आवेदन दिन सक्नेछन्।

कम्पनीको आर्थिक अवस्था हेर्दा, आव २०८०/८१ सम्म प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ५९ पैसा रहेको छ भने प्रतिसेयर आम्दानी २५ पैसा रहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ