काठमाडौँ | नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ४०० रुपैयाँले सुनको मूल्य बढेको हो । आइतबार एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख ५१ हजार २ सय रुपैयाँ तोला पुगेको छ ।
सुनको मूल्य आइतबार एकै दिन दुई हजार २०० ले घटेको थियो । यस्तै चाँदीको भने स्थिर मूल्य रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक हजार ८६० रुपैयाँ प्रतितोलाबाट २० रुपैयाँ घटेको चाँदी आज पनि सोही मूल्य एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको हो ।