२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

६८ लाख हुन्डी रकमसहित चार जना पक्राउ

२०८१, ३ पुष बुधबार १२:५४

काठमाडौँ | प्रहरीले ६८ लाख रुपैयाँ हुन्डीको रकम र चेकसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा मंगलबार राति पौने १२ बजे राति काठमाडौंको एयरपोर्ट शम्भुमार्ग स्थित सडक खण्डमा हुन्डीको रकमसहित ४ जनालाई पक्राउ गरेको हो ।

अवैध रुपमा हुण्डी कारोबार भइरहेको सुचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले शंका लागेर सोही स्थानमा रोकी राखेको प्रदेश ३-०१-०२२ च १९७२ नम्बरको सेतो रङको हुन्डाई कम्पनीको क्रेटा कार चेकजाँच गर्ने क्रममा चार जनालाई पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका –३२ दोभानपुल घर भएका ४६ वर्षीय राज कुमार माली, काठमाडौं महानगरपालिका – १० नयाँ बानेश्वर घर भएका १८ वर्षीय आवाद सिंह, झापा विर्तामोड घर भएका २७ वर्षीय युवराज सुवेदी र झापा अर्जुनधारा नगरपालिका –७ घर भई हाल काठमाडौं बस्ने ३२ वर्षीय प्रवेश कुमार पौडेल रहेका छन् ।

उनीहरुको साथबाट नेपाली नगद ६८ लाख रुपैंया र रकम उल्लेख गरिएका ५ थान चेकसहित फेला परेको थियो । उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ संसोधित १२५(क) बमोजिम हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी