२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित

९ पुष २०८१, मंगलवार १३:४९

काठमाडौँ | सहकारी बचत अपचलन, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा अदालतमा दर्ता भएपछि प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा भइसकेका रास्वपा सभापति रवि लामिछानेलाई राज्य व्यवस्था समितिबाट पनि निलम्बित गरिएको छ।

राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा सभापति रामहरि खतिवडाले प्रतिनिधि सभा सदस्यबाट निलम्बन भइसकेका लामिछाने समितिको सदस्यबाट निलम्बित भएको पत्र पढेर सुनाएका हुन्।

निलम्बनविरुद्ध रास्वपा अदालत जाने भएको छ। पुर्पक्षका लागि थुनामा पठाएपछि मात्र निलम्बन गर्नुपर्नेमा पहिल्यै निलम्बन गरेर सत्ताधारी दल र सभामुख देवराज घिमिरेले कानून विपरीत काम गरेको भन्दै रास्वपा अदालत जाने तयारी गरेको हो।

सत्ताधारीहरू भने सम्पत्ति शुद्धिकरणको मुद्दामा ‘राष्ट्रसेवक’ शब्द रहेको र भ्रष्टाचार निवारण ऐनमा सो शब्दको अर्थ जनप्रतिनिधि भन्ने पनि रहेको भन्दै उनलाई निलम्बन गरिएको तर्क गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै