Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफ्नो सम्पत्ति विवरण मागेकोप्रति आक्रोश व्यक्त गरेका छन्। बुधबारदेखि काठमाडौँमा सुरु भएको एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन समारोहमा बोल्दै ओलीले वर्तमान सरकार षड्यन्त्रको उपज भएको बताए।

‘उनीहरू (सरकार)ले मेरो पनि सम्पत्ति विवरण मागेका छन्,’ ओलीले भने, ‘मेरो घर भदौ २४ गते आगो लगाइयो। मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार!’