Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहकारी ठगी गर्ने कसैलाई छाड्दैनौँ : मन्त्री गुरुङ

२०८१, १० पुष बुधबार १३:४३

काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी बनेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका जोसुकै व्यक्तिलाई सरकारले नछोड्ने दाबी गर्नुभएको छ ।

काठमाडौँमा तमू (गुरुङ) सञ्चारकर्मी सङ्घ नेपालले बुधबार आयोजना गरेको ‘तमू पत्रकारिता पुरस्कार वितगरण तथा गुरुङ न्युज डटकम वर्ष पुस्तक लोकार्पण’ कार्यक्रममा बोल्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले सांसद सूर्य थापाको नेतृत्वमा बनेको प्रतिवेदनमा रहेका सहकारी ठगी आरोपित सबैलाई अनुसन्धानको दायरामा ल्याउने बताउनुभएको हो ।

“प्रतिवेदनमा उल्लेख भएका व्यक्ति एकैचोटी कारवाहीमा ल्याउन सक्दैनौँ । पालैपालो गरेर कसैलाई पनि छोड्ने छैनौँ”, उहाँले भन्नुभयो,“सहकारी ठगी गर्नेहरु उम्किन्छु भन्ने नसोचे हुन्छ ।” मन्त्री गुरुङले सहकारी ठगी आरोपमा अनुसन्धानको प्रक्रियामा रहेका रास्वपाका नेता रवि लामिछानेलाई छुटाउन गरिएको विरोध असंवैधानिक कार्य रहेको बताउनुभयो । अदालतमा विचाराधीन रहेको मुद्दालाई प्रभावित गर्ने काम भइरहेको भन्दै यो लोकतान्त्रिक पद्धतिविपरीत कार्य भएको सुनाउनुभयो । मन्त्री गुरुङले सहकारी ठगीको विषयमा कसैलाई पनि छोड्न नमिल्ने पटक पटक दोहोर्‍याउनुभएको छ । मन्त्री गुरुङले भन्नुभयो,“सहकारी ठगी गर्ने चाहे त्यो कांग्रेस, एमाले, माओवादी होस् या जोसुकै हामी छोड्दैनौँ ।”

कार्यक्रममा उहाँले रास्वपा पार्टीलाई मात्रै टार्गेट गर्‍याे सरकारले भन्नु गलत बुझाइ रहेकोमा प्रस्ट पार्नुभयो । यस्तो होहल्लाले सहकारी ठगीको छानबिन र अनुसन्धानलाई ओझेलमा पार्न गरिएको चलखेल रहेको सुनाउनुभयो । “रास्वपाले के बुझ्नु पर्‍याे भने आफ्नो नेता छानबिनको दायरामा छन् भने छानबिन हुन दिनुपर्‍याे”, मन्त्री गुरुङले भन्नुभयो,“अदालतको नतिजा पर्खनुपर्छ । सहकारीको छानबिनको दायरामा परेका रवि लामिछानेलाई छाडिनुपर्छ भन्ने अप्रजातान्त्रिक र असंवैधानिक कुरा हो ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ