७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

एआई प्रयोग सम्बन्धी कानुन चाँडै निर्माण हुन्छ : मन्त्री गुरुङ

१० पुष २०८१, बुधबार १५:२९

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङ्ले एआईको प्रयोग सम्बन्धी कानुन चाँडै निर्माण गर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित तमु पत्रकारिता पुरस्कार वितरण तथा गुरुङ् न्यूज डटकम पत्रिका लोकार्पण समारोहमा बोल्दै उनले एआईको प्रयोग सम्बन्धी पोलिसी ल्याएर त्यस लगत्तै कानुन पनि निर्माण गर्ने जानकारी दिएका हुन् ।

उनले भने, ‘हाम्रो मन्त्रालय बढि लाग्नुपर्ने भएकाले एआईको प्रयोग कसरी गर्ने भनेर यसपटक हामी एआईको प्रयोग सम्बन्धी पोलिसी ल्याउँदै छौं । र त्यसको पोलिसी ल्याउने वित्तिकै त्यसको कानुन बनाउँछौं ।’

उनले सहरकारीको विषयमा आफ्नो पार्टीका मानिसलाई बचाउने र रास्वपालाई मात्र अनुसन्धान गर्यो भन्ने गलत प्रचार भएको छ । समितिको प्रतिवेदनमा उल्लेख भएको सहकारी ठगिमा संलग्न छ भने कांग्रेस एमाले मात्र नभई जुनै पार्टीमा आवद्ध रहेको व्यक्तिमाथि कारबाही हुने उनले बताए ।

उनले भने,‘अहिले सहकारी अव्यवस्थापनको समस्या एकदमै धेरै देखिएको छ । एक पछि अर्को गर्दै उत्रिैँदै छ । समस्याग्रस्त बनेको सहकारीको अनुसन्धानको छुट्टै टिम बनाएको हो । संसदीय समितिले भनेको सबैलाई अनुसन्धान भइरहेको छ सबैलाई एकैपटक छानबीन गर्न त सकिन्न नि । एकथरी राजनीतिक दलहरुलाई के भ्रम छ भने,हाम्रोलाई मात्र गर्यो आफ्नोलाई गरेन भन्ने छ ।

समितिको प्रतिवेदनमा उल्लेख भएको सहकारीका कुनै पनि व्यक्ति कोही पनि छुट्दैन । त्यो सत्तामा रहेको कांग्रेसको होस् कि एमालेको होस् कि माओवादीको होस् । खालि रास्वपालाई मात्र गर्यो भन्ने गतल प्रचार भयो । हाम्रो अनुसन्धान र न्याय दिने कुरालाई ओझेलमा पार्न खोजेको हो ।’

उनले मूलुकको सुरक्षा, आर्थिक विकास र राजनीतिक प्रतिवद्धताको लागि गर्नुपर्ने धेरै काम अझै बाँकी रहेको बताए । आफ्नो कार्यकालमा नेपालको सञ्चार र सूचना प्रविधिको क्षेत्रमा एउटा व्यवस्थित परिस्थिति निर्माण गरेर छाड्ने अठोट उनको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने