२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविसहित ७ जनालाई अदालत पुर्‍याइयो, आजै बयान शुरू हुने

११ पुष २०८१, बिहीबार १३:०१

काठमाडौँ | सहकारी ठगी सम्बन्धमा जिल्ला सरकारी वकिलको अभियोजनबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग कास्की जिल्ला अदालतमा बिहीवार बयान शुरू हुँदैछ ।

प्रकरणकै प्रतिवादी लीला पछाईंको बयान सकिएपछि आज रविको बयान शुरू गर्ने अदालतको तयारी छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशीसँग सोमवार र मंगलवार बयान लिइएको थियो । मंगलवार जोशीको बयान सकेर पछाईंको शुरू भएको थियो । पछाईंको सकेर आजै रविको बयान लिने तयारी भएको जिल्ला अदालत स्रोतले जानकारी दियो ।

कात्तिक ७ गते अभियोजन गरिएकोमा जिल्ला न्यायाधीश नितीज राईको इजलासमा प्रतिबादीको बयान भइरहेको छ । बयान सकिएपछि मात्र थुनछेक बहस शुरू हुनेछ ।

रास्वपा सभापति लामिछानेसँग सहकारी ठगी र सम्पत्ति शुद्धिकरणमा ३१ करोड २६ लाख बिगो दाबी गरिएको छ ।

सहकारी ठगीको अनुसन्धानका लागि लामिछाने कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै