Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविसहित ७ जनालाई अदालत पुर्‍याइयो, आजै बयान शुरू हुने

२०८१, ११ पुष बिहीबार १३:०१

काठमाडौँ | सहकारी ठगी सम्बन्धमा जिल्ला सरकारी वकिलको अभियोजनबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग कास्की जिल्ला अदालतमा बिहीवार बयान शुरू हुँदैछ ।

प्रकरणकै प्रतिवादी लीला पछाईंको बयान सकिएपछि आज रविको बयान शुरू गर्ने अदालतको तयारी छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशीसँग सोमवार र मंगलवार बयान लिइएको थियो । मंगलवार जोशीको बयान सकेर पछाईंको शुरू भएको थियो । पछाईंको सकेर आजै रविको बयान लिने तयारी भएको जिल्ला अदालत स्रोतले जानकारी दियो ।

कात्तिक ७ गते अभियोजन गरिएकोमा जिल्ला न्यायाधीश नितीज राईको इजलासमा प्रतिबादीको बयान भइरहेको छ । बयान सकिएपछि मात्र थुनछेक बहस शुरू हुनेछ ।

रास्वपा सभापति लामिछानेसँग सहकारी ठगी र सम्पत्ति शुद्धिकरणमा ३१ करोड २६ लाख बिगो दाबी गरिएको छ ।

सहकारी ठगीको अनुसन्धानका लागि लामिछाने कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ