Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘केपी ओलीले एमालेबाट निकालेका’ भीम रावल अब के गर्छन् ?

२०८१, ११ पुष बिहीबार १७:०६

काठमाडौँ | पाँच दशकदेखि राजनीतिमा सक्रिय रहेका डा भीम रावलले अब एमालेमा रहने आफ्नो ढोका बन्द भएको बताएका छन्। एमालेबाट निकालिसकेपछि अब एमालेमा रहने भन्ने प्रश्नै नहुने उनको तर्क छ। एमालेले बुधबार बसेको सचिवालय बैठकबाट पूर्वउपाध्यक्षसमेत रहेका रावललाई संगठित सदस्यबाटै निकालेपछि अब उनको राजनीति कसरी अघि बढ्ला?

त्यसो त आफूलाई कारबाही भएपछि रावलले अध्यक्ष केपी शर्मा ओलीको निर्णयलाई अलोकतान्त्रिक, निरंकुश, स्वेच्छाचारी र तानाशाही भनेका छन्। उनको बुझाइमा पार्टीले औपचारिक बैठक बसेर गरेको जस्तो देखिए पनि त्यो मूलतः ओलीकै एकल निर्णय हो। त्यसैले पनि उनले आफूलाई ओलीले नै एमालेबाट निकालेको दाबी गरिरहेका छन्।

उनलाई एमालेले निष्काशन गर्नु अगाडिनै एमालेबाटै फुटेर गएको माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले पार्टी प्रवेशको प्रस्ताव राखेको थियो। तर, तत्काल आफू त्यस पार्टीमा जान तयार नरहेको रावल बताउँछन्।

‘मलाई माधव नेपालजीले धेरै अगाडि भेट्नुभएको थियो। लौ, यो पार्टीमा आउनुपर्यो भन्नुभएको थियो। तर मैले मेरा विचारहरू देश र जनताबारेका धारणाहरूबारे तपाईंहरूका धारणा के छन्, ती पहिले प्रस्ट हुनुपर्यो भनें, त्यसपछि भेट भएको छैन। अहिले पनि अरू पार्टीमा जाने सोचेको छैन, उनले भने।

उनले अब आफू पहिले यो निर्णयलाई अध्ययन र अवलोकन गर्ने अनि साथीभाइ र शुभेच्छुकको राय लिएर निर्णय गर्ने बताएका छन्। एकातिर एमालेमा बस्न नसक्ने परिस्थिति र अर्कोतिर एक समय उनीनिकट मानिएका माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा जान नसक्ने भएपछि रावलले आफैं पार्टी खोल्न लागेका छन्।

रावल नयाँ पार्टी खोल्ने छलफलमा रहेको र केही दिनमै पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने उनीनिकट एकिन्द्र कुँवरले जानकारी दिए। कुँवरका अनुसार रावलले एक/दुई दिनभित्रै पत्रकार सम्मेलनमार्फत् धारणा र आगामी कार्यदिशा सार्वजनिक गर्ने छन्। उनी त्यसैको तयारीका लागि केही दिनमै देश दौडाहामा निस्कने योजनामा छन्।

त्यसैकारण सामाजिक सञ्जाल एक्समार्फत् रावलले आफूलाई निष्कासन गर्ने एमाले सचिवालय बैठकको निर्णयको विरोधमा उत्रन समर्थकलाई अपिलसमेत गरेका छन्।

‘सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु,’ रावलले एक्समा लेखेका छन्।

…त्यसपछि केपी ओलीको निशानामा परे रावल
झट्ट हेर्दा एमालेको चितवनमा सम्पन्न दसौं महाधिवेशनमा ‘पार्टीको निर्णय विपरीत’ ओलीसँग अध्यक्ष लडेका रावल त्यसैबेलादेखि ओलीको निशानामा परेका हुन्। दसौं महाधिवेशनयता लगातार पार्टी निर्णयविपरीत गतिविधि गरेको आरोप लगाएरै एमालेले निस्कासन गर्यो।

‘कमरेड भीम रावल महाधिवेशनमा अध्यक्षमा उम्मेदवार हुनुभयो, उपाध्यक्षका निम्ति आग्रह गरिएको कुरालाई मान्नुभएन। त्यसपछि केन्द्रीय सदस्यमा पनि नआउनु भएपछि हाम्रो वैधानिक व्यवस्था अनुसार सल्लाहकारमा रहनुभयो। त्यो सल्लाहकारको जिम्मेवारी पनि पूरा गर्नुभएन। र, अभिव्यक्तिहरू चाहिं पार्टी बलियो बनाउने भन्दा पनि निरन्तर कमजोर बनाउने हिसाबले आएको हुनाले संगठित सदस्यबाट मुक्त गर्ने निर्णय भएको छ,’ उपमहासचिव प्रदीप ज्ञवालीले भनेका छन्।

तर, रावल र ओलीको सम्बन्धन चिसिएको भने तत्कालीन नेकपा फुटपछि रावलले ओलीको साथ छोडेको दिनबाट हो। अर्थात् ०७७ को पुस ५ मा तत्कालीन प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि माधव नेपाल-प्रचण्ड समूहमा गएका नेता रावलले ओलीको त्यस कदमलाई संविधानको हत्या भनेका थिए। नेकपाको अनौपचारिक विभाजनपछि चलिरहेको वाकयुद्धमा ओलीले एक पक्षको नेतृत्व गरिरहेका थिए भने प्रचण्डले अर्को पक्षको। त्यसबेला दैनिकजसो चलिरहेको भाषणमा दुवै पक्षले एक अर्कालाई छुद्र टिप्पणी गरिरहेका हुन्थे। त्यहीमेसोमा ओलीले प्रचण्ड र माधव नेपालपछि सबैभन्दा बढी निसानामा पारेको नाम थियो, भीम रावल।

त्यसअघि पनि नेकपाभित्र ओली र रावल को बढी राष्ट्रवादी देखिने भन्नेमा टक्कर थियो। चुच्चे नक्सा प्रकरणमा ओली राष्ट्रवादी देखिंदा एमसीसी प्रकरणमा रावल राष्ट्रवादी कहलिएका थिए। त्यसैले पनि ओलीले रावललाई चुनौतीको रूपमा हेरिरहेका थिए। किनभने त्यसअघि एमालेभित्र आफूलाई राष्ट्रवादी नेताका रूपमा दाबी गर्ने पात्र ओली नै थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ