2026-09-19 12:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवैध ९२ लाख रुपैयाँको अनुसन्धान गर्दा ‘आफ्नै श्रीमती बेच्ने व्यक्ति’ खुलेपछि…

काठमाडौँ | अवैध ९२ लाख रुपैयाँसहित पक्राउ परेका आरोपितमाथि अनुसन्धान गर्दा एकजना मानव बेचबिखन मुद्दाका अभियुक्त रहेको खुलेको छ ।

पक्राउ परेकामध्ये सिन्धुपाल्चोकका रवि धमला मानव बेचबिखन मुद्दामा जेल पुगेरसमेत भागेको खुलेको हो । आफ्नै श्रीमतीलाई बेचबिखन गरेको कसुरमा उनी चौतारा कारागार बसेको खुलेको हो ।

०७२ सालमै सिन्धुपाल्चोक जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको र २०७२ सालको भूकम्पमा कारागार भत्किँदा उनी भागेको खुलेको हो ।

तर, प्रहरीसँगको बयानमा भने भागेरपछि अदालतमा हाजिर भएको र कसुरमा समेत सफाइ पाएको बताएका छन् । अवैध ९२ लाख रुपैयाँ कारोबारको मुख्य आरोपितसमेत धमला नै रहेको प्रहरीले जनाएको छ ।

रविसहित उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार राति रसुवाका जीतबहादुर तामाङ, र संखुवासभाका सन्तोष खातीलाई पक्राउ गरेको थियो । उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाएको छ । उनीहरूले अवैध सुन बिक्रीपछि रकम संकलन गरेको आशंका प्रहरीको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई