८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले काठमाडौँमा टिप्पर सञ्चालनमा रोक लगायो

२७ असार २०७४, मंगलवार १२:१३


असार २७, काठमाडौँ । सरकारले बुधबारदेखि काठमाडौँको चक्रपथ क्षेत्रमा बिहान र बेलुका कार्यालय सञ्चालनको समयमा ट्रक, टिप्पर र मिनि ट्रक सञ्चालनमा रोक लगाउने भएको छ । 

यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र ट्रक तथा टिप्पर व्यवसाय महासङ्घ, यातायात व्यवसायी राष्ट्रिय महासङ्घको आज यातायात व्यवस्था विभागमा बसेको संयुक्त बैठकले बिहान– ९ बजेदेखि ११ बजे तथा बेलुका ४ बजेदेखि ७ बजेसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । 

उक्त समयमा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुलीलगायत जिल्लाबाट भित्रिने ट्रक, मिनिट्रक र टिप्परमा रोक लगाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामा कोटेश्वर क्षेत्रमा सवारी साधनको चाप बढी भएकाले चक्रपथ क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाएको बताउनुहुन्छ । 

प्रमुख लामाले मुग्लिङ–नारायणगढ सडक रातिको समयमा बन्द भएपछि कोटेश्वर क्षेत्रमा सवारी चाप बढेको भन्दै सवारी चापलाई कम गर्न उक्त निर्णय गरेको बताउनुहुन्छ । 

मुग्लिङ–नारायणगढ सडक सञ्चालन हुँदा बिपी राजमार्गमा दैनिक एक हजार ५०० को हाराहारीमा सवारीसाधन सञ्चालन हुनेमा उक्त सडक रोक लगाउँदा बिपी राजमार्गमा दैनिक छ हजार ५०० को हाराहारीमा सञ्चालन हुने महाशाखाको तथ्याङ्क छ ।  

यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डे सबै नाकाबाट काठमाडौँ भित्रिने ट्रक, टिप्पर र मिनिट्रकलाई कार्यालय अवधिमा सञ्चालनका लागि रोक लगाएको बताउनुहुन्छ । 

ट्रक तथा टिप्पर व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ जनताको सुविधाका लागि आफूहरुले ट्रक सञ्चालनमा रोक लगाउन लागेको स्वीकार गर्नुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “हामीले दैनिक एक सय ट्रक रोक्दा जनताले सुविधा पाउँछन् भने हामी रोक्छौँ ।” महासङ्घले काठमाडौँमा ट्रक तथा टिप्पर पार्किङ नहुँदा समस्या परेको जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता