काठमाडौं । नेपालका लागि बेलायती राजदूत रब फेनले आफ्नो २२ औं वैवाहिक वर्षगाँठ जनकपुरधामको जानकी मन्दिरमा मनाएका छन् ।
मैथिली परम्परा अनुसार मालाफेर र सिन्दुर लगाएर वैवाहिक वर्षगाँठ मनाएका हुन् ।
जानकी मन्दिरका साधुसन्तद्वारा मन्त्रोउच्चारण गरेपछि फेनले शीरमा मौर लगाएर श्रीमती जुलियासँग मालाफेर गरेका थिएन भने श्रीमतीलाई औंठी लगाइदिए ।
जानकी मन्दिरका सह महन्त रामरोशन दासले विधिविधानमा सघाएका थिए । यसपछि मधेशका सभामुख रामचन्द्र मण्डल, जनकपुरधामका मेयर मनोजकुमार साहसहितले दुवैजनालाई बधाई दिएका थिए ।
राजदूत फेनले मिथिलाको परम्परा, भाषा, भेषभूषा, र संस्कृति संसारकै उत्कृष्टमध्ये रहेको बताउँदै आफूले यस क्षेत्रलाई वैवाहिक गन्तव्यका रूपमा विकास गर्ने योजनाप्रति चासो लागेको बताए ।
जनकपुरधामलाई धार्मिक, सांस्कृतिक, र पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने प्रयासमा राजदूतको यो योगदानले अझ नयाँ ऊर्जा थप्ने विश्वास लिइएको बताए ।