Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापामा दाहालको उद्घोष- गिरीबन्धुमा भएको बदमासी पर्दाफास गरेरै छाड्छु

२०८१, १५ पुष सोमबार १६:२३

काठमाडौँ | नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गिरीबन्धु टी-स्टेटमा भएको बदमासी पर्दाफास गरेरै छाड्ने बताएका छन्।

सोमबार झापा पुगेका दाहालले यस्तो बताएका हुन्। ‘गिरीबन्धु टी-स्टेटमा भएको बदमासी पर्दाफास गरेरै छाड्छु,’ दाहालले भने, ‘म उहाँ (केपी शर्मा ओली) को ठाउँमा आएर यो उद्घोष गरेँ ।’

यस्तै उनले यति-ओम्नीसँगै अरु प्रकरणको पनि पर्दाफास गर्ने बताएका छन्। त्यसका लागि माओवादी केन्द्रलाई शक्तिमा पुर्‍याउन उनले जनतासँग अपिल गरेका छन्।

‘माओवादी केन्द्र फेरि शक्तिमा आउने छ र सुशासन, समृद्धि र आर्थिक विकास राम्रो हुनेछ,’ उनले भने, ‘त्यसका लागि माओवादी केन्द्रलाई शक्तिमा पुर्‍याउनुपर्‍यो।’

फरक प्रसङ्गमा दाहालले भ्रष्टाचारको संरक्षणका लागि आफू नेतृत्वको सरकार ढालिएको बताए। ‘सरकारले भ्रष्टाचारीहरूलाई कारबाही गर्न थालेपछि यो सरकार बन्यो,’ उनले भने, ‘त्यसमा तपाईंहरू स्पष्ट हुँदा हुन्छ।’

झापा प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला हो। ओली गिरीबन्धु टी-स्टेटमा मुछिएका छन्। दाहालले ओलीको जिल्ला पुगेर यस्तो बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ