असार २८, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २८, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजना"/>

९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१३ बुँदे मागसहित देउवा भेट्न सिंहदबार पुगे बाबुराम

२८ असार २०७४, बुधबार १०:२३


असार २८, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजनासंग सम्बन्धित १३ वटा मागपत्र प्रस्तुत गरेका छन् । 

बिहिबार प्रम देउवालाई सिंहदरबारस्थित उनकै कार्यालयमा संयोजक डा भट्टराईले भेट गरी सो आयोजना स्वदेशी पुँजीमा स्वदेशी लगानीमा नै निर्माण गर्न आग्रह गरेका हुन् । 

उनले तत्कालीन प्रम एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०७४ जेठ १० गते गरेको निर्णय तत्काल खारेज गर्न समेत माग पनि गरेका छन् । 

संयोजक डा भट्टराईले आफ्नो प्रम नेतृत्वका समयमा बूढीगण्डकी जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी विकास समितिमार्फत निर्माण गर्ने निर्णय गरेको थियो । 

सो समितिले गरेको अध्ययनले उक्त आयोजनाको क्षमता एक हजार २०० मेगावाट र वार्षिक रुपमा चार हजार २५० गिगावाट आवर मार्फत् ४२५ करोड युनिट बिजुली निकाल्न सकिने देखाएको थियो ।  

भेटमा प्रम देउवाले प्रस्तुत मागप्रति आफू गम्भीर रहेको र यसबारे सम्बद्ध निकायसित बुझेर जानकारी दिने बताएको भट्टराईले जानकारी दिए । 

भट्टराईले देउवालाई बुझाएको ज्ञापनपत्र

मितिः २०७४ असार २८

श्री सम्माननीय प्रधानमन्त्री

प्रधानमन्त्रीको कार्यालय

सिंहदरवार, काठमाडौं । 

विषयः बुढीगण्डकी जलविद्युत आयोजना सम्वन्धी ज्ञापनपत्र

विश्वका सबैजसो मुलुकमा औद्योगीकरणको शुरुको चरणमा सडक, एयरपोर्ट, विद्युत उत्पादन जस्ता आधारभूत ठूला पूर्वाधारहरुको निर्माण राज्यद्वारा गरिएको ऐतिहासिक तथा अन्तर्राष्ट्रिय अनुभवले देखाउँदछ । काठमाडौं, पोखरा, चितवनजस्ता विजुली प्रशस्त खपत हुने स्थानहरुबाट नजिक, पहुँचमार्ग र प्रशारण लाइन पुगेको एवं वार्षिक रुपमा राम्रो उर्जा उत्पादन भई मुलुकको उर्जा क्षेत्रमा विशिष्ट योगदान पुर्याउने जस्ता विशेषताहरु भएकाले डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन सरकारले बुढीगण्डकी जलविद्युत आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा विकास समिति मार्फत निर्माण गर्ने निर्णय गरेको थियो ।

यस समिति मार्फत गरिएको अध्ययनले यस आयोजनाको जडित क्षमता १२०० मेगावाट र वार्षिक रुपमा ४२५० गिगावाट आवर अर्थात ४२५ करोड यूनिट बिजुली उत्पादन गर्न सकिने कुरा देखाएको छ । यस आयोजनालाई सम्पन्न गर्न २ खर्ब ६० अर्ब नेपाली रुपिया“ लाग्ने अनुमान गरिएको छ । आयोजना क्षेत्रमा पोखराको फेवाताल भन्दा १५ गुणा ठूलो जलाशय बन्न जाने भएकोले यो ठाउँ मुलुककै मूख्य पर्यटकीय गन्तव्य बन्नुको साथै नेपालको २४ जिल्ला भएर जाने पुष्पलाल मध्यपहाडी लोकमार्गले पूर्वदेखि पश्चिमसम्म तथा उत्तर र दक्षिण सडकले चीन र भारतसँग जोड्ने भएकाले बुढीगण्डकी कोरिडोरलाई मुलुककै एक गतिशील आर्थिक केन्द्रको रुपमा विकास गर्न सकिने वस्तुगत सम्भावना छ ।

डिटेल डिजाइन र टेन्डर डकुमेण्ट समेत तयारी अवस्थामा रहेको नेपालको एक मात्र आयोजनालाई यथाशीघ्र अन्तर्राष्ट्रिय प्रतिष्पर्धा गराएर निर्माणमा जानु पर्नेमा मिति २०७४/०२/१० मा तत्कालीन सरकारले मन्त्रीपरिषदबाट राजीनामा दि“दै गर्दा हतारमा गैरकानूनी प्रक्रियाबाट चीनको गेजुवा ग्रुप कम्पनी लिमिटेडसँग गरेको समझदारीले आयोजनामाथि गम्भीर कुठाराघात हुन गएको छ । यसर्थ सरकारसँग यस सम्बन्धमा नयाँ शक्ति पार्टीको निम्न मागहरू रहेका छन्ः

समझदारीका सम्बन्धमा

१.    राजनीतिक रुपमा अनैतिक, गैरकानूनी, राष्ट्रिय स्वाभिमान विपरीत, प्राविधिक रुपले गलत तथा आर्थिक–सामाजिक दृष्टिकोणबाट मुलुकलाई दीर्घकालीन असर पर्ने गरी उर्जा मन्त्रालयले चीनको गेजुवा ग्रुप कम्पनी लिमिटेडसँग गरेको समझदारी तुरुन्त खारेज गरियोस् ।

२.    ६० मे.वा.को त्रिशुली ३ए को कार्य समयमा सम्पन्न नगर्ने, चिलिमे जलविद्युत आयोजनाको निर्माण कार्य गर्न नसकेर ठेक्का तोडी धरौटी रकम जफत गरिएको, माथिल्लो साञ्जेन जलविद्युत आयोजनामा कालोसूचीमा परेको, ३० मे.वा.को चमेलिया जलविद्युत आयोजना निर्माण गर्न १० वर्ष भन्दा बढी समय मात्र लगाएको होइन एक अर्ब १६ करोड करछली जस्तो गैरकानूनी काम गर्ने कम्पनीसँग गैरकानूनी समझदारी गर्ने व्यक्तिहरुलाई नेपालको कानून बमोजिम कडाभन्दा कडा कारवाही गरियोस् ।

निर्माणका सम्बन्धमा

३.    अन्तर्राष्ट्रिय प्रतिष्पर्धा गराएर यथाशीघ्र सुपरविजन कन्सल्ट्यान्ट र आयोजना निर्माण कन्ट्रयाक्टर छनोट गरी निर्माण कार्य तुरुन्त शुरु गरियोस् ।

४.    यो आयोजना नेपाल सरकारको लगानी, मुलुकभित्रका बैंकहरू, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेनाको कल्याणकारी कोष र सर्वसाधारणको शेयर र आवश्यक पर्ने भएमा अन्य देशका एक्जिम बैंकहरुसँग न्यून ब्याजदरमा पाउने ऋण समेत लिएर नेपालीद्वारा नै निर्माण गरियोस् ।

संस्थागत संरचना र समग्र विकासका सम्बन्धमा

५.    यस आयोजनालाई बहुउद्देश्यीय जलस्रोत विकास आयोजनामा रुपान्तरण गरियोस् । 

६.    बुढीगण्डकी कोरिडोरलाई आर्थिक केन्द्रका रुपमा विकास गर्न प्रथम चरणमा बुढीगण्डकी जलविद्युत आयोजना विकास समितिलाई निरन्तरता दिने र दोस्रो चरणमा यसलाई स्तरोन्नति गरी बुढीगण्डकी कोरिडोर विकास प्राधिकरण बनाइने व्यवस्था गरियोस् । 

७.    बुढीगण्डकी कोरिडोर विकास प्राधिकरण अन्तर्गत रहने गरी एउटा कम्पनी र ४ वटा निर्देशनालयहरु बनाएर निम्नानुसारका कार्यहरु गरियोसः

(क)    बुढीगण्डकी जलविद्युत आयोजना विकास कम्पनी मार्फत बुढीगण्डकी नदीमा १२०० मे.वा.को जलाशययुक्त जलविद्युत आयोजना निर्माण एवं सञ्चालन गर्ने, त्रिशुली र बुढीगण्डकी नदीमा निर्माण गर्न सकिने जलविद्युत आयोजनाहरुको पहिचान, विकास र व्यवस्थापनको काम गर्ने ।

(ख)    बुढीगण्डकी कोरिडोर पर्यटन विकास निर्देशनालय मार्फत बुढीगण्डकी कोरिडोरलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने । 

(ग)    बुढीगण्डकी कोरिडोर बस्ती एवं पूर्वाधार विकास निर्देशनालय मार्फत जलाशयको वरिपरि आधुनिक वस्ती विकास गर्ने, बुढीगण्डकी जलाशय र यसको वरिपरि आवश्यक यातायात सञ्जाल बनाउने, बुढीगण्डकी कोरिडोरमा बसोवास गर्ने नागरिकहरुका लागि चाहिने भौतिक तथा सामाजिक पूर्वाधारहरुको विकास गर्ने ।

(घ)    बुढीगण्डकी कोरिडोर आर्थिक विकास निर्देशनालय मार्फत यसले बुढीगण्डकी कोरिडोरमा हुनसक्ने र गर्न सकिने आर्थिक विकासका कार्यहरु गर्ने ।

(ङ)    जलस्रोत एवं जलाधार विकास निर्देशनालय मार्फत सिँचाइ, माछापालन, एकीकृत जलाधार क्षेत्र विकासका कामहरु गर्ने । 

संचित पानीका सम्बन्धमा

८.    यस आयोजनाबाट बन्ने जलाशयमा हुने संचित पानीलाई यथासम्भव मुलुकभित्र नै सिँचाइ, खानेपानी, तल्ला तटहरुमा अन्य जलविद्युत उत्पादन केन्द्रहरुको निर्माण, मनोरञ्जन तथा औद्योगिक प्रयोजनमा ल्याउने व्यवस्था गरियोस् ।

९.    जलाशयमा हुने पानी संचितीकरणले तल्लो तटीय मुलुकहरु (खासगरी भारत)मा वर्षायाममा बाढी आउन नदिन सहयोग पुर्यासउने र हिउ“दको सुख्खायाममा विभिन्न प्रयोजनको लागि आवश्यक पर्ने पानी बढाइदिने हुनाले अन्तर्राष्ट्रिय प्रचलन एवं मापदन्ड अनुरुप नेपालले पाउने लाभांश सम्बन्धी कुटनैतिक संवादको थालनी गरियोस् । 

पुनर्वास र पुनस्र्थापनाका सम्बन्धमा

१०.    आवश्यक कर्मचारी र रकमको विशेष व्यवस्था गरी पुनर्वास र पुनस्र्थापनाको कार्यलाई प्राथमिकताकासाथ अघि बढाइयोस् । 

११.    आयोजनाका लागि अधिग्रहण गर्नुपर्ने जग्गाहरू (खहरे, आरूघाट र आर्खेत क्षेत्रका डुवानमा पर्ने जग्गाहरूस पुनर्वास गराइने जग्गा र रिङरोडको लागि चाहिने जग्गा) अधिग्रहण गर्ने कार्य तुरुन्त प्रारम्भ गरियोस् ।

१२.    मुआब्जा समितिबाट गरिएको मुआब्जामा पुनरावलोकन गरी, मुआब्जा न्यायोचित नभएका ठाउ“हरुका जनतालाई उचित मुआब्जा दिने ब्यवस्था मिलाइयोस् । 

१३.    गोरखा र धादिङ्गका मुआब्जा समितिले मुआब्जा तथा पुनर्वास, पुनस्र्थापना सम्बन्धी सिफारिस गरेका विषयहरुको यथाशीघ्र सम्बोधन गरियोस् । 

नेपालको विकास र नेपालीको समृद्धिको लागि बुढीगण्डकी आयोजना यथाशीघ्र नेपाली पूँजीबाट निर्माण गरी अगाडि बढाउनु आजको राष्ट्रको आवश्यकता भएकाले माथि प्रस्तुत गरिएका मागहरु यथाशीघ्र सम्बोधन गर्न नयाँ शक्ति पार्टी नेपाल, नेपाल सरकारसँग अनुरोध गर्दछ । यो वा त्यो वहानामा यसलाई ढिलो गर्ने वा निर्माण हुन नदिने काम हुन गएमा हाम्रो पार्टी त्यस विरुद्धमा कठोर कदम चाल्न बाध्य हुनेछ भन्ने कुरा पनि यसै ज्ञापनपत्र मार्फत जानकारी गराउन चाहन्छ ।  धन्यवाद ।

–––––––––––––––––––––––

(डा. बाबुराम भट्टराई)

संयोजक

नयाँ शक्ति पार्टी, नेपाल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ? गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै रास्वपाले आजदेखि काठमाडौं केन्द्रीत प्रदर्शन गर्ने सत्तारुढ दलको बैठक आज बस्दै विद्युत् प्राधिकरणले फेरि काट्यो उद्योगहरूको लाइन युरोपा लिगमा रिगास एफएसविरुद्ध इन्टरिज फ्राङ्कफटको जीत लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन यस्तो रहनेछ आजको मौसम ? हल्का वर्षाको सम्भावना एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी