Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी हौँ भन्दै किशोरीको अपहरण, दुई जना पक्राउ

२०८१, १६ पुष मंगलवार १७:२८

काठमाडौँ | कञ्चनपुरमा किशोरी अपहरण गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका– १६ बस्ने ३५ वर्षीय महेशसिंह खत्री र ३३ वर्षीय धुर्व जोशीलाई प्रहरीले किशोरी अपहरण गरेको आरोपमा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार दुवै जनाले १६ वर्षीया किशोरीलाई अपहरण गरी बन्धक बनाएको आरोप लागेको छ ।

‘दुवै जनाले १३ गते राति भीमदत्त नगरपालिका– ६ स्थित शिव मन्दिर नजिक नहरमा साथीसँग हिँडिरहेको अवस्थामा हामी प्रहरी हौँ भन्दै ती किशोरीलाई लगेर गएका रहेछन्,’ डीएसपी जोशीले भने, ‘उक्त सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पीडित किशोरीलाई १४ गते बिहान वडा नम्बर १६ वसन्तपुरबाट उद्दार गरेको हो ।’

दुवै जनालाई पक्राउ गरी अपहरण तथा शरीर बन्धक लिन नहुने कसुरअन्तर्गत जिल्ला अदालत कञ्चनपुरबाट सात दिन म्याद थप गर्दै अनुसन्धान भइरहेको डीएसपी जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ