८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिबन्धित भारु ४९ लाख ५० हजारसहित दुई पक्राउ

२८ असार २०७४, बुधबार १३:२९

असार २८, काठमाडौँ । प्रतिबन्धित भारतीय रुपैयाँ ४९ लाख ५० हजारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

रामेछाप खाँडादेवी गाउँपालिका बस्ने मानबहादुर लामा र काठमाडौँ स्वयम्भु बस्ने अमित डंगोललाई मङ्गलबार खुशीबु लिंङ्क रोडबाट केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले पक्राउ गरेको हो । 

उनीहरुका साथबाट भारु १००० दरको तीन हजार १०० वटा र भारु ५०० दरको तीन हजार ७०० वटा नोट गरी जम्मा भारु ४९ लाख ५० हजारसहित पक्राउ गरेको हो । 

नेपाल तथा विशेष गरी भारतबाट नेपालका विभिन्न नाकाबाट अवैध तरिकाले हाल भारतले प्रतिबन्ध लगाएको भारु ५०० र भारु १००० र का नोट नेपालमा भित्र्याइ अवैधरुपमा कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । 

पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि प्रहरीले राजश्व अनुसन्धान विभाग, पुल्चोक ललितपुरमा बुझाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता