असार २८, काठमाडौँ । नेकपा (एमाले)का सचिव भीम आचार्यले तीनै तहको निर्वाचनपछि मात्र संविधान संशोधन हुने बताउनुभएको छ । 

रिपोटर्स क्लबले आज यहाँ"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २८, काठमाडौँ । नेकपा (एमाले)का सचिव भीम आचार्यले तीनै तहको निर्वाचनपछि मात्र संविधान संशोधन हुने बताउनुभएको छ । 

रिपोटर्स क्लबले आज यहाँ"/>

२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ प्रतिनिधिबाट मात्र संविधान संशोधन गर्नुपर्छ: आचार्य

२०७४, २८ असार बुधबार १३:३५


असार २८, काठमाडौँ । नेकपा (एमाले)का सचिव भीम आचार्यले तीनै तहको निर्वाचनपछि मात्र संविधान संशोधन हुने बताउनुभएको छ । 

रिपोटर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले नयाँ जनादेशबाट आएका प्रतिनिधिबाट नै संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले संविधान संशोधन हुन नसक्ने भन्दै राष्ट्रिय जनता पार्टीले जनताको मुद्दा नभई सत्ताका लागि संशोधन गर्न माग गरेको आरोप लगाउनुभयो । 

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले एमाले जस्तो ठूलो दललाई बाहिर राखेर संधोशन गर्दा देशमा ठूलो दुर्घटना हुनसक्ने भएकाले संशोधनमा ढिलाइ भएको उल्लेख गर्नुभयो । 

नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्माले सरकार संशोधन प्रस्ताव पारित गराउन लागिपरेको भन्दै संशोधनबिना राष्ट्रिय जनता पार्टीले निर्वाचनमा भाग लिनुपर्ने बताउनुभयो । उहाँले संशोधन प्रस्ताव पास नभए राजपाको एजेण्डा नमर्ने भन्दै निर्वाचनमा गएर एजेण्डालाई स्थापित गराउनुपर्ने धारणा राख्नुभयो । 

नेता शर्माले सरकार विस्तारका लागि आफ्नो पार्टीबाट बन्ने मन्त्रीको सूची तयार भइसकेको बताउदै प्रधानमन्त्रीले मागेका खण्डमा तुरुन्तै मन्त्रीहरुको नामावली दिने बताउनुभयो । 

राजपाका नेता वृजेशकुमार गुप्ताले संविधान संशोधन नभए आफूहरु निर्वाचनमा भाग नलिने जिकिर गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य भुवन पाठकले पार्टी सरकारमा गए पनि नगए पनि संविधान संशोधनमा सहयोग गर्ने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै