असार २८, काठमाडौँ । नेकपा (एमाले)का सचिव भीम आचार्यले तीनै तहको निर्वाचनपछि मात्र संविधान संशोधन हुने बताउनुभएको छ । 

रिपोटर्स क्लबले आज यहाँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २८, काठमाडौँ । नेकपा (एमाले)का सचिव भीम आचार्यले तीनै तहको निर्वाचनपछि मात्र संविधान संशोधन हुने बताउनुभएको छ । 

रिपोटर्स क्लबले आज यहाँ"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ प्रतिनिधिबाट मात्र संविधान संशोधन गर्नुपर्छ: आचार्य

२८ असार २०७४, बुधबार १३:३५


असार २८, काठमाडौँ । नेकपा (एमाले)का सचिव भीम आचार्यले तीनै तहको निर्वाचनपछि मात्र संविधान संशोधन हुने बताउनुभएको छ । 

रिपोटर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले नयाँ जनादेशबाट आएका प्रतिनिधिबाट नै संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले संविधान संशोधन हुन नसक्ने भन्दै राष्ट्रिय जनता पार्टीले जनताको मुद्दा नभई सत्ताका लागि संशोधन गर्न माग गरेको आरोप लगाउनुभयो । 

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले एमाले जस्तो ठूलो दललाई बाहिर राखेर संधोशन गर्दा देशमा ठूलो दुर्घटना हुनसक्ने भएकाले संशोधनमा ढिलाइ भएको उल्लेख गर्नुभयो । 

नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्माले सरकार संशोधन प्रस्ताव पारित गराउन लागिपरेको भन्दै संशोधनबिना राष्ट्रिय जनता पार्टीले निर्वाचनमा भाग लिनुपर्ने बताउनुभयो । उहाँले संशोधन प्रस्ताव पास नभए राजपाको एजेण्डा नमर्ने भन्दै निर्वाचनमा गएर एजेण्डालाई स्थापित गराउनुपर्ने धारणा राख्नुभयो । 

नेता शर्माले सरकार विस्तारका लागि आफ्नो पार्टीबाट बन्ने मन्त्रीको सूची तयार भइसकेको बताउदै प्रधानमन्त्रीले मागेका खण्डमा तुरुन्तै मन्त्रीहरुको नामावली दिने बताउनुभयो । 

राजपाका नेता वृजेशकुमार गुप्ताले संविधान संशोधन नभए आफूहरु निर्वाचनमा भाग नलिने जिकिर गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य भुवन पाठकले पार्टी सरकारमा गए पनि नगए पनि संविधान संशोधनमा सहयोग गर्ने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए