८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जसपा नेपालका केन्द्रीय विभागहरुमा गरियो नेतृत्व चयन

२५ पुष २०८१, बिहीबार ०९:१६

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय विभागहरूमा नेतृत्व चयन गरिएको छ । पार्टीले गठन गरेका केन्द्रीय विभागहरूमा प्रमुख, उपप्रमुख र सचिवलगायतका पदाधिकारीहरू चयन गरिएको हो ।

जसपा नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, प्रचार प्रसार तथा प्रकाशन विभाग, आर्थिक विभाग, सूचना सञ्चार विज्ञान तथा प्रविधि विभाग र युवा, विद्यार्थी तथा खेलकुद विभागको प्रमुख पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट तय गरेको थियो भने अन्यमा सम्बन्धित विभागको बैठकबाट प्रमुखलगायतका पदाधिकारी चयन गरिएको हो ।

अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अर्जुन थापा, प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुखमा पूर्ण बस्नेत, स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुखमा सुरेन्द्र यादव र पार्टी स्कुल तथा प्रशिक्षण विभाग प्रमुखमा सुरेश मण्डल चयन भएका छन् ।

त्यसैगरी विभागीय प्रमुखको जिम्मेवारी पाउनेहरूमा आर्थिक विभागमा बलराम महतो, सूचना सञ्चार विज्ञान तथा प्रविधि विभागमा जितेन्द्रकुमार यादव, युवा विद्यार्थी तथा खेलकुद विभागमा विदेश्वर यादव (बिक्की), महिला विभागमा प्रमीला कुमारी र सहकारी तथा गरिबी निवारण विभागमा उदयकान्त मिश्र रहेका छन् ।

विभागको बैठकबाट सामाजिक सेवा तथा गैर सरकारी संस्था विभागमा विनीता यादव, उद्योग वाणिज्य तथा आपूर्ति विभागमा लक्ष्मण गुरुङ, बौद्धिक पेसाकर्मी तथा ट्रेड युनियन विभागमा हेमचन्द्र महतोले विभागीय प्रमुखको जिम्मेवारी पाएका छन् ।

गठन गरिएका सङ्गठन विभाग र कानुन विभागमा पदाधिकारी चयन गर्न बाँकी छ भने अन्य विभागहरू आगामी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट गठन गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता