८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोरङमा द्वन्द्वकालकै समयमा लुकाइएको ४ वटा सिलिण्डर बम फेला

२५ पुष २०८१, बिहीबार १५:२३

मोरङ | मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गको एक पुलनजिक ४ वटा सिलिण्डर बम फेला परेको छ।
नगरपालिका–७ स्थित मालती पुलनजिक स्थानीयले बम रहेको जानकारी गराएसँगै सशस्त्र प्रहरी, नेपाल प्रहरी र आर्मीको टोलीले खोजबिन सुरु गरेको थियो।

सोही क्रममा बिहीबार दिउँसो सुरक्षा निकायले पुलबाट करिब १२ मिटर पश्चिम जमिन खनेर लुकाइएको अवस्थामा ४ वटा सिलिण्डर बम बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार हाल घटनास्थललाई सुरक्षित राखिएको छ।

सशस्त्र माओवादी द्वन्द्वका समयबाटै सो क्षेत्रमा विष्फोटक पदार्थ राखिएको सूचना प्रहरीमा आएको बताउँदै प्रवक्ता जोशीले हाल पूर्व–पश्चिम राजमार्गअन्तर्गत करिब २ किलोमिटर सडकमा सवारी आवागमनमा रोक लगाएको थियो।

बिहान करिब ८ बजेदेखि सवारीसाधनलाई अर्को सडकतर्फ डाइभर्ट गरी यातायात सञ्चालन गरिएको छ। हाल सो क्षेत्रमा सडक विस्तारको काम जारी छ। फेला परेको बम नेपाली सेनाको टोलीले डिस्पोज गर्ने तयारी गरिरहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी