८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुईद्वारा लागुऔषध लिने पुरुषको संख्यामा वृद्धि

३१ असार २०७४, शनिबार ०८:१३

असार ३१, काठमाडौँ । सुईद्वारा लागुऔषध लिने पुरुषको संख्या काठमाडाँै र पोखरा उपत्यकामा वृद्धि भएको छ । 

आर्थिक वर्ष २०७३/७४ मा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले एचआईभीको उच्च जोखिममा रहेका समूहहरुका बिचमा गरिएको जैविक तथा व्यवहारिक नमूना सर्वेक्षणमा सो संख्या बृद्धि भएको तथ्यांक सार्वजनिक गरिएको छ । 

कम्तीमा तीन महिनादेखि सुईद्वारा लागुऔषध लिएका १६ वर्षमाथिका ती क्षेत्रका ६८५ जनामा नमूना सर्वेक्षण गरिएकोे केन्द्र जनाएको छ । 

तीमध्ये काठमाण्डौँ उपत्यकामा सन् २०१७ मा सूईद्वारा लागुऔषध प्रयोग गर्ने पुरुषमा एचआइभीको व्यापकता दर ८ दशमलव ५ प्रतिशत रहेको छ । सन् २०१५ मा भने सो दर ६ दशमलव ४ प्रतिशत रहेको थियो । 

यसैगरी पोखरा उपत्यकाभित्र सन् २०१५ मा २ दशमलव ८ प्रतिशत रहेकोमा सन् २०१७ मा त्यसमा बृद्धि सन् ४ दशमलव ९ प्रतिशत देखिएको केन्द्रका निर्देशक डा तरुण पौडेलले जानकारी दिनुभयो । 

सेभ ‘द’ चिल्ड्रेनको आर्थिक एवम् प्राविधिक सहयोगमा केन्द्रले गरिएको उक्त सर्वेक्षणमा ती क्षेत्रका ७४० पुरुष समलिङ्गी र तेस्रोलिङ्गीमा सुईद्वारा लागुऔषध लिनेको संख्यामा समेत वृद्धि भएको देखाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता