८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ जनशक्ति पदपूर्तिका लागि विनियमावली परिमार्जन गर्न निर्देशन

३ श्रावण २०७४, मंगलवार ०९:४०

साउन ३, काठमाडौं । लोकसेवा आयोगले संगठित संस्था (सार्वजनिक संस्था र सुरक्षा निकाय) लाई आफ्ना विनियमावलीमा पदपूर्तिसम्बन्धी व्यवस्था परिमार्जन गर्न निर्देशन दिएको छ ।

आयोगले ती संस्थाको नयाँ जनशक्ति परिपूर्ति गर्नका लागि आयोगले तोकेको मापदण्डमा विनियमावली परिमार्जन गर्न निर्देशन दिएको आयोगका सहप्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिए । 

उनले ती संस्थाको विनियमावलीमा रहेका पदपूर्तिका लागि बनेका व्यवस्था भएकाले त्यसलाई परिमार्जन गर्नका लागि नयाँ मापदण्ड ल्याइएको बताए ।

आयोगले दुई महिनाभित्र पदपूर्तिसम्बन्धी बनेका पुराना मापदण्डलाई परिमार्जन गरी आयोगले बनाएका नयाँ मापदण्ड अपनाउन निर्देशन दिएको हो । “ती संस्थामा रहेका पदपूर्तिसम्बन्धी पुराना व्यवस्थाले नयाँ जनशक्ति पूर्ति गर्न सकिँदैन” उनले भने, “त्यसैले ती व्यवस्थालाई परिमार्जन गरी आयोगले बनाएको मापदण्डका आधारमा अब नयाँ जनशक्ति परिपूर्ति गर्नुपर्दछ ।”

आयोगले तोकेको मापदण्डका आधारमा मात्र अब संगठित संस्थाले नयाँ जनशक्ति परिपूर्ति गर्नुपर्ने हुन्छ । आयोगले ती संस्थाको लिखित परीक्षा सञ्चालन गर्ने छ । अन्तर्वार्ता भने आयोगको उपस्थितिमा सम्बन्धित संस्थाले गर्ने व्यवस्था गरिएको छ ।

आयोगले सीमित प्रतियोगिता गर्न नपाइने, करारबाट सीधै स्थायी गर्न नपाइने, नयाँ जनशक्ति पदपूर्तिका लागि प्रक्रियामार्फत गर्नुपर्नेजस्ता नयाँ मापदण्ड तोकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता