२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायलमा अर्को सातादेखि कामदार पठाइँदै

१८ माघ २०८१, शुक्रबार १२:५९

काठमाडौँ | सरकारले अर्को सातादेखि इजरायलमा कामदार पठाउने भएको छ। उनीहरूलाई केयरगिभरमा इजरायल पठाउन लागिएको हो। युद्धका कारण रोकिएका १ हजार युवामध्ये २६ जनासँग रोजगारदाताले करार सम्झौता गरेको वैदेशिक रोजगार विभागले जनाएको छ।

तीमध्ये ९ सय २३ जनाको स्वास्थ्य परीक्षण भइसकेको छ। वैदेशिक रोजगार विभागका इजरायल शाखा निर्देशक गिरिराज ज्ञवालीले पछिल्लो तीन दिनमा २६ नेपाली कामदारको करार सम्झौता भएको जानकारी दिए। ‘२६ जनालाई रोजगारीका लागि करार सम्झौता भइसकेको छ। बाँकी कामदार दुई महिनाभित्र पठाइनेछ’, उनले भने।

इजरायलमा युद्धविराम लागू भएपछि इजरायल पक्षले पत्र पठाएर कामदार पठाउन आग्रह गरेको हो। सोहीअनुसार रोकिएका नेपाली दुई महिनाभित्र इजरायल पठाउने गरी तयारी थालिएको ज्ञवालीले बताए। इजरायल र हमासको विद्रोही समूहबीच तनाव बढ्दै गएपछि नेपाली कामदार रोकिएका छन्। अब उनीहरुलाई जाने बाटो खुलेको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ