९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुकबाट साथी बनाई ५५ लाख यसरी ठगि गरियो

६ श्रावण २०७४, शुक्रबार ०७:१९

साउन ६, काठमाडौं । फेसबुकमार्फत साथी बनी डलर पठाएको छु भन्दै ठगी गर्ने समूहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले धादिङ धुनीबेसी नगरपालिका घर भई ललितपुर लगनखेल बस्ने पुरन घर्तीमगर भन्ने सुमन लामा, मकवानपुर हेटौंडा घर भई काठमाडौंको लाजिम्पाट बस्ने रवी थोकर र ललितपुर धोवीघाटका दिनेश बस्नेतलाई पक्राउ गरेको हो । 

दाङको लमही नगरपालिका बस्ने सुजाता केसी पौडेललाई झण्डै एक वर्षदेखि फेसबुकमा इयुएन्स स्मिथ नामबाट आफूलाई ‘बेलायती नागरिक हुँ’ भन्दै एक व्यक्तिले कुराकानी गर्दै आएका थिए । भारतीय मोबाइल नम्बरबाट पीडित पौडेललाई ‘तिम्रो नाममा बैंक अफ अमेरिकाको दिल्ली शाखाबाट १.७ मिलियन डलर पठाएको छु, भारतीय नियमअनुसार कर तिर्नुपर्ने भयो’ भन्दै रकम माग गरेका थिए । 

सोपश्चात पटक/पटक गरी पौडेलले विश्वासमा परी आइएमई र बैंक खातामार्फत पक्राउ परेका व्यक्तिको खातामा ५५ लाख ८५ हजार रुपैयाँ पठाउनुभएको थियो । रकम पठाएपश्चात आफू ठगीमा परेको थाहा पाएपछि पौडेलले प्रहरीमा उजुरी गर्नुभएको थियो ।

उजुरीपश्चात प्रहरीले ठगीमा संलग्न उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता